
शहीद स्मारक ए डिभिजनमा आज दुई खेल हुँदै

वर्णन संवाददाता
२०८० बैशाख २२, शुक्रबार ०९:४६:००
काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । आजको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा भिड्ने छन भने दोस्रो खेलमा जावलाखेल युथ क्लब र खुमलटार प्रतिस्पर्धामा उत्रने छन् ।
एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सो खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ । शीर्ष स्थानमा रहेको जावलाखेलले १४ खेलबाट २४ अंक जोडेको छ भने समान खेल खेलेको खुमलटार भने १४ अंकमा सीमित रहेको छ ।
पुलिसले १४ खेलबाट १५ अंक बटुलेर १२ औं स्थानमा पुगेको छ भने शेर्पा १४ खेलबाट १७ अंकसहित दशौँ स्थानमा छ ।
सम्बन्धित खवर
भर्खर
-
१ मिनेट अगाडिप्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्ध...
-
१८ मिनेट अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
२८ मिनेट अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिराष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आव...
-
१ घण्टा अगाडिडुबेर मृत्यु
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?