बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

वर्णन संवाददाता
२०८० बैशाख ८, शुक्रबार ०६:४१:००
काठमाडाैँ। गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।
स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।” स्थानीयवासीले सञ्चार सम्र्पकका लागि हैरानी खेप्नुपरेको छ ।
नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताउनुभयो ।
समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उहाँले बताउनुभयो ।
सम्बन्धित खवर
२०८० जेष्ठ २३, मंगलवार
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
२०८० जेष्ठ २३, मंगलवार
अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
२०८० जेष्ठ २३, मंगलवार
गलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
२०८० जेष्ठ २३, मंगलवार
नियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको पाइएमा कार...
२०८० जेष्ठ २३, मंगलवार
सिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको सम्मेलनमा...
२०८० जेष्ठ २३, मंगलवार
लुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए
भर्खर
-
१९ मिनेट अगाडिआज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तु...
-
३५ मिनेट अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
५० मिनेट अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
१ घण्टा अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
१ घण्टा अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
-
१ घण्टा अगाडिलुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?