आजका लागि तय भएको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन किन स्थगित भयाे?


त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ।
आजका लागि तय भएको निर्वाचन असहज र असामान्य परिस्थिति सिर्जना भएकाले स्थगित भएको निर्वाचन अधिकृत लालबहादुर बस्नेतले बताए । शनिबार मिति तय भए पनि मतदान गर्ने समयमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सम्पर्कबिहीन भएका थिए ।
यता एमाले निकट अनेरास्ववियुले भने सत्ता गडबन्धन दलका विद्यार्थी संगठनहरुले निर्वाचन भाँडेको आरोप लगाएको छ। अधिकृत बस्नेत र क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण काम कारबाही स्थगित गरिएको जनाएका छन् ।
८ बजेदेखि ४ बजेसम्म हुने भनिएको मतदान प्राविधिक कारणले रोकिएको उनले विज्ञप्तिमा उल्लेख छ।
’अनेरास्ववियुको पक्षमा विद्यार्थीहरुको माहोल देखेर अत्तालिएका सत्ताधारी दलका छायाँ संगठन नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुले लोकतान्त्रिक मूल्य मान्यता विपरीत स्ववियु निर्वाचनको मतपत्र च्यातेको घटनाले लोकतन्त्रको धज्जी उडाएको छ। निर्वाचन गराउन सुरक्षा प्रदान गराउनुपर्ने निकायबाट यथेष्ट सहयोग नहुँदा १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुन नदिन सत्ताधारीहरु उद्दलित रहेको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ।