ब्रोकर लाइसेन्स छाडेर, शाखा विस्तारमा अनुुमति दिदै रमेश हमाल


काठमाडाैँ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुुमार हमाल यतिबेला ब्रोकर लाइसेन्स छाडेर शाखा विस्तारमा अनुमति दिन थालेका छन्।उनले पछिल्लो समय ब्रोकरहरुलाई आवेदन दिएको १४दिनभित्रै लाइसेन्स वितरण गर्न थालेका हुन्।
पछिल्लो समय धितोपत्र बोर्डले लाइसेन्स दिनका लागि भनेर गत असोजमा आवेदन माग गरेको थियो । त्यसमा १९ वटा कम्पनीले आवेदन समेत दिएका थिए । आवेदनको अन्तिम नाम नेपाल स्टक एक्सचेन्जसले प्रकाशित समेत गरेको थियो । लगतै नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको पनि सात महिना वितिसक्दा अनिर्णय हुँने देखेपछि बोर्डले शाखा विस्तारमा जोड दिन लागेको हो । बोर्ड स्रोतका अनुुसार तत्काल लाइसेन्स दिन सकिने अबस्था छैन त्यसैले शाखा विस्तार गरेर चुुस्त सेवा दिन लागेका हो ।
हमालको कार्यकाल पनि छोटो रहेको हुुँदा आफुुरहन्जुुले केही गर्न चाहान्छन् ,त्यसैले तत्काल लाइसेन्स वितरण गर्न नपाएपछि शाखा विस्तारमा लागेको हो भन्ने सहजै बुुझ्न सकिने बोर्डका अधिकारीहरु बताउँछन् । पछिल्लो समय तीनवटा ब्रोकरहरुले शाखा विस्तारका लागि अनुमति पाएका छन् ।शनि सेक्युरुटिज, आर्यातारा इन्भेस्टमेन्ट र नासा सेक्युरुटिजले अनुमति पाएका हुन्।शनिले पोखरामा शाखामा खोल्ने अनुमति पाएको छ भने आर्याताराले भक्तपुरमा शाखा खोल्ने छ। यसैगरि नासाले पोखरामा शाखा खोल्ने अनुमति पाएको हो।
थप दुई ब्रोकर कम्पनी पाइप लाइनमा छन्। जेएफ सेक्युरुटिज र भिजन सेक्युरुटिजले यसै साता निवेदन दिएका हुन्। जेएफले पूर्वको दमकमा शाखा बिस्तारको अनुमति माग गरेको छ भने भिजनले ललितपुरको पाटनका लागि निवेदन दिएका ब्रोडका प्रवक्ता मुुक्ति श्रेष्ठले बताए ।यस अघि बोर्डले एकै पटक ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा बिस्तारको अनुमति दिएको थियो। हाल ५० वटा ब्रोकर सञ्चालनमा छन् । हाल ४४ वटा ब्रोकरका कुल ६९ शाखा सञ्चालनमा आइसकेका छन् । थप २० वटा शाखा सञ्चालनका लागि ब्रोकरहरूले पूर्वाधार तयारी गरिसकेका छन् । थप ६५ स्थानमा १ सय २० वटा शाखा स्थापनाका लागि आवेदन प्राप्त भएको बोर्डको दाबी छ ।
०७६ सालअघि नेपाल स्टक एक्सचेन्जले आफैं ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन पाउने व्यवस्था थियो । सोही व्यवस्थाअन्तर्गत नेप्सेले त्यतिबेला १७ जिल्लामा ४१ वटा शाखा सञ्चालनका लागि अनुमति दिइसकेको थियो । ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, ०६४’ को तेस्रो संशोधन गरेर नेप्सेको अधिकार धितोपत्र बोर्डले आफू मातहत ल्याएको थियो ।यसरी ०७६ साल फागुन १ देखि बोर्ड आफैंले ब्रोकरलाई शाखा स्थापनाको अनुमति दिन थालेको हो ।सोही व्यवस्थाबमोजिपूर्वअध्यक्ष कार्कीको पालामा थप ६ वटा शाखा सञ्चालनका लागि बोर्डले अनुमति दिएको थियो । पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको पालामा १४ ब्रोकरलाई २३ शाखा स्थापनाका लागि प्रक्रिया सुरु गरिएको थियो । बाँकी शाखाका लागि बोर्डले अहिले अनुमति दिइरहेको छ ।