कालापानी, लिम्पियाधुरा, लिपुलेकको जनसंख्या कति ? थाहा छैन सरकारलाई


काठमाडाैँ। सरकारले शुक्रबार ‘राष्ट्रिय जनगणना २०७८’ सार्वजिनक गरेको छ । ०७८ मा भएको जनगणनाको प्रतिवेदन शुक्रबार सार्वजिनक गर्दा नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।तर, कालापानी, लिपुलेक र लिम्पियाधुराको जनसंख्या कति ? सरकारलाई थाहा छैन । जबकि, ०७८ मा जनगणना गर्दा ती क्षेत्रमा स्याटलाइटबाट गणना भएको दाबी गरिएको थियो । केन्द्रीय तथ्यांक कार्यालयका प्रबन्ध निर्देशक नेविनलाल श्रेष्ठले विभागले बुधबार गरेको पत्रकार सम्मेलन विभागका २४ कात्तिक ०७८ मा पत्रकार सम्मेलनमा भनेका थिए, ‘स्याटलाइटको माध्यमबाट घरधुरी पत्ता लगाएर मानिसको संख्या कति छन् भन्ने अनुमानसहितको रिपोर्ट तथ्यांकमा समावेश गरिने छ ।
भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक कार्यालउले स्याटेलाइट तस्बिर लिन खोजे पनि सही र गुणस्तरीय तथ्यांक संकलन नभएपछि समावेश नगरिएको जिकिर गर्दै आएको छ ।
तर, माओवादी द्वन्द्वका कारण गणकहरू पुग्न नसकेका भूभागमा ०५८ को जनगणनामा पनि केही ठाउँमा स्याटालाइट विधिको प्रयोगबाट जनसंख्याको अनुमानित विवरण प्रकाशित गरिएको थियो ।अहिले आएर भने तथ्यांक कार्यालउले स्याटेलाइट तस्बिर लिन खोजे पनि सही र गुणस्तरीय तथ्यांक संकलन नभएपछि समावेश नगरिएको जिकिर गर्दै आएको छ । |
भारतले अतिक्रमण गरेको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा नेपालको संसदले ०७७ जेठ ३१ मा अनुमोदन गरेको थियो । उक्त नक्सा पछि सरकारले जारी पनि गरेको थियो । त्यसअघि जम्मुकश्मीरबाट छुट्याएर लद्दाखलाई नयाँ राज्य बनाएको भारतले १६ कार्तिक २०७६ मा नयाँ नक्सा जारी गरेको थियो, जसमा कालापानी लिपुलेक पश्चिमका नेपाली भूभाग समेत समेटेको थियो । त्यसविरुद्ध नेपालमा प्रदर्शन चर्किन थालेपछि नयाँ नक्सा जारी गरेर भारतलाई जवाफ दिइएको थियो ।