
वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु


वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरु
एमाले प्रतिपक्षमा पुगेसँगै माधव नेपालको बार्गेनिङ पावर बढ्यो, मागे गृह मन्त्रालय
सत्तासमीकरण फेरिएसँगै एकीकृत समाजवादीको बार्गेनिङ पावर बढेको छ । गत पुसमा एमाले र माओवादी सहकार्य हुँदा भित्तामा पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि शक्ति केन्द्रमा फर्किएका हुन् ।२५ फागुनमा भएको राष्ट्रपति र ३ चैतमा भएको उपराष्ट्रपति चुनावमा गठबन्धन फेरिएर एमाले एक्लिएपछि कांग्रेस नेतृत्वमा पूरानै गठबन्धन ब्यूतियो । त्यति मात्र होइन नयाँ गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति पनि आए ।
एमाले शक्तिविहीन बन्दै,संघको प्रभाव प्रदेशमा पर्ने निश्चित
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएलगत्तै एमालेलाई सबै प्रदेशबाट हटाउने गठबन्धनको तयारी छ । नेपाली कांग्रेस नेतृत्वको नयाँ गठबन्धन बनेपछि एमाले शक्तिविहीन बन्दै गएको छ । प्रधानमन्त्रीले यही चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत पुस १० गते निकै कसरत गरेर बनाएको गठबन्धन राष्ट्रपति पाउनुपर्ने अडानका कारण भत्किएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत प्रदेश अन्तर्गत कि स्थानीय तह मातहत ?
संघीय संरचना लागू भएकाे ६ वर्ष पुग्दा पनि कर्मचारी व्यवस्थापन त्यसमा पनि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे व्यवस्थापनकाे टुंगाे लाग्न सकेकाे छैन । त्यसकाे मुख्य कारण हाे, संघीय निजामती सेवा ऐन जारी नहुनु । संघीय निजामती सेवा ऐन नभएकाे माैकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय चलाउदै आएकाे छ । प्रमुख प्रशासकीय माग्न पालिका प्रमुख सिंहदरबार धाउने गरेका छन् भने शक्ति नघटेकाेमा संघीय मनमिलामन्त्री, सचिव र कर्मचारी खुसी छन् ।
दिउँसो कोसीदेखि वाग्मती प्रदेशसम्म वर्षाको सम्भावना
देशका केही भागमा आज बिहान वर्षा भइरहेको छ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ÷हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रपतिद्वारा सांसदको सम्मानमा चियापान समारोह आयोजना आज
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गरेका छन् ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले दिए ।
पत्रकार महासङ्घद्वारा पुरस्कार घोषणा
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले विभिन्न पुरस्कारको घोषणा गरेको छ । शाखाको शुक्रबार बसेको बैठकले शाखामा स्थापना भएका विभिन्न पुरस्कारका लागि व्यक्तित्वको घोषणा गरेको हो ।
शाखाको बैठकले सात वटा विभिन्न पुरस्कारका लागि पुरस्कृत पत्रकारको नामावली घोषणा गरेको शाखाका सचिव प्रताप रानाले बताउनुभयो । शाखामा स्थापना गरिएको रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
जनयुद्धमा मारिएका ८३७१ जनाको नाम सहिदका रुपमा राजपत्रमा प्रकाशित
सरकारले जनयुद्धका क्रममा सहिद भएका ८३७१ जना सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपल्ट सरकारको नेतृत्व गरेलगत्तै सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने बताएका थिए ।
अदालतले द्वन्द्वकालीन मुद्दामा चासो दिन थालेपछि यसलाई राजनीतिक रङ दिन प्रधानमन्त्री दाहालसँगै माओवादी धारका सबै घटकले प्रयास गरिरहेका छन् ।
उपेन्द्रको महत्त्वाकांक्षाले रामसहायप्रसादलाई पुर्यायो देशको दोस्रो ठूलो पदमा
उपराष्ट्रपतिका लागि प्राविधिकरुपमा चार जना मैदानमा थिए । गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र प्रमिला कुमारी, जनमत पार्टीकी ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्य प्रतिस्पर्धामा थिए । जसमा बाजी मारे जसपाका यादवले । आज भएको निर्वाचनमा यादव साढे ५७ प्रतिशत मतभारसहित निर्वाचित भए । गठबन्धनभित्र खासगरी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाएकाले उनी राष्ट्रपतिपछिको दोस्रो पदमा पुग्न सफल भएका हुन् ।
उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले साझा उम्मेदवार तय गर्न सकेन । शीर्ष नेताले निकै प्रयास गरेपनि जसपाका यादवविरुद्ध जनमत पार्टीले झालाई मैदानमा उतार्यो । जनमत पार्टीलाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिने घोषणा गरे । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपतिमा पुरुषले उम्मेदवारी दिन नपाउने भनेपछि जसपाले राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीलाई पनि उम्मेदवार बनायो ।
https://barnanmedia.com/detail/1679101596-u-l-lii-l-5l-23-03-18
किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ।
गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिनुभयो ।
“सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने सिकाइएको हो”, उहाँले भन्नुभयो, “रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”
सेना हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै
नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ।
उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिबन्ध
रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।
पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’
व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बन्नुभएको छ, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाउनुभएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ ।
पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आउनुभएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिनुभएको छ । पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उहाँले बताउनुभयो । एक वर्षअघिदेखि उहाँले रामपुरमा अचार उत्पादन सुरु गर्नुभएको छ ।
वीरगञ्जमा छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइँदै
सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको छ ।
हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पु¥याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउनु सुरु गरेको हो ।
छाडा कुकुरलाई दैनिक सङ्कलन गरी नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल इन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकालाई सार्वजनिक बस व्यवस्थापनमा सकस
मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो ।
पुरानो बसपार्क भने अहिले सञ्चालनमा आएको छैन । काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस नयाँ बसपार्क छिर्न नमान्दा सार्वजनिक बस सञ्चालनमा सकस भएको हो ।
थिएटर अवार्डमा विमल सुवेदीको नाटक
नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ ।
उहाँकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, सङ्गीत, नृत्य र लाइटसहित निर्देशन विधामा मनोनयनमा परेको हो । भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । यसरी छानिएका दश नाटक मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुँदैछन् ।
कैलालीका छ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै
कैलालीका करिब छ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।
यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिरहेको बताउनुभयो । उहाँले ताइवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका तीन वटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताउनुभयो ।
बिहान सुर्खेतका लागि उडेको बुद्ध एयर समस्या देखिएपछि पुन: काठमाडौँ अवतरण
आज बिहान सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान अवतरणमा समस्या देखिएपछि पुन: काठमाडौँ फर्काइएको छ ।
इन्डिकेटरले समस्या देखाएपछि १५ नटिकल माइल उडिसकेको विमान काठमाडौँ फर्काएर अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। विमानमा ६२ जना यात्रु सवार थिए ।
संविधानको पालना र संवैधानिक जिम्मेवारी नै मार्गनिर्देशक सिद्धान्त : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताउनुभएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा उहाँले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।”
छ वर्षदेखि सडक निर्माण अलपत्र हुँदा व्यवसायी विस्थापित
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन ।
सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित हुनुभयो । समयमै सडक विस्तारको काम सकिन्छ र फेरि सोही ठाउँमा व्यवसाय सुरु गर्ने सोच राखेका बस्यालले चाँडै सडकको काम सकिने अवस्था देख्नुभएको छैन ।
पर्यटन प्रवद्र्धनका लागि बन्दीपुरमा सिसाको पुल
गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।
पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको बाक्लै आवतजावत हुन्छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन यहाँ विभिन्न पूर्वाधार थप हुनेक्रम जारी छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यसहित यहाँ सिसाको पुल निर्माण गरिने भएको छ ।
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
नेपाल–भारतबीचको विद्युत् आदानप्रदान समितिको बैठकले नेपालले विहारको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४औँ बैठकले विहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत् निर्यातको मोडालिटी एक महिनाभित्रमा तय गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत् प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको थियो ।
“नेपालले विहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुने छ, यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्, यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ”, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । विहारसँग कटैया (विहार)–कुशाहा (नेपाल) र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन जोडिएका छन् ।
लागुऔषधको जालो भत्काउँदै प्रहरी :सात सय १३ पक्राउ
कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।
सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता देखाएको छ । संलग्नलाई कारबाहीदेखि युवापुस्ता, विद्यार्थी र अभिभावकलाई लागुऔषध नियन्त्रणका लागि सचेतना कक्षासमेत यहाँका सबै पालिकामा सञ्चालन गरिरहेको प्रहरीले खुला सीमानाका भएका कारण लागुऔषधको कारोबार बढेको औँल्याएको छ ।
आर्थिक वर्ष २०७६÷७७ यता मात्रै लागुऔषध मुद्दामा प्रहरीले सात १३ जनालाई नियन्त्रणमा लिइ कारबाही प्रक्रियामा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक भरतराज गिरीले जिल्लाभरि नै लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढिरहेको बताउनुभयो ।
सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी
योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ ।
हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु तीन अर्ब ७८ करोड भुक्तानी गरेको हो । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ ।
विश्वासको मतबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो । संघीय संसद् भवनको शंकर दलमा बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु
पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको एक प्रशासनिक जिल्ला हो । द न्युज इन्टरनेशनलका अनुसार शुक्रबार बिहान करिब ४ बजे मोहम्मद नवाबको थुप्रै कोठा भएको काठको घर र सो घरको छेउमा रहेको गोठबाट आगो सल्किएको बताइएको छ ।
सन्दर्भ स्ववियु निर्वाचन : कतै तयारी कतै अन्योल
त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ ।
विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ । विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्गठनले लगाएको ताला खुलाउने विषयमा सङ्गठन र क्याम्पस प्रशासनबीच सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि अधिकांश कलेजमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु भए पछि रोकिएको छ । जिल्लामा तीन आङ्गिक कलेज र १७ सामुदायिक कलेजमा स्ववियु निर्वाचन हुनुपर्ने हो ।
त्रिचन्द्रमा विद्यार्थी कुटपिट गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञीप्त जारी गरी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई विथोल्ने गरी विद्यार्थी कुटपिट गरिएको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको हो । “लामो समयपछि देशभर हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको स्ववियु निर्वाचनमा आज नेपालको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्रमा स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई धरपकड र लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाप्रति नेविसङ्घ खेद प्रकट गर्दछ”, नेविसङ्घद्वारा जारी विज्ञीप्तमा भनिएको छ ।
तिलोत्तमा गोल्डकपः उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
रुपन्देहीमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ आजदेखि सुरु भएको छ ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँगै सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा मैदानमा भएको खेलमा सुदूरपश्चिमका लागि फागुराम थारूको दुई र स्वाम्या हार्दिकले एक गोल गरे ।