
ललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेला लगाए


चिरिबाबु महर्जन दोस्रो कार्यकालका रुपमा ललितपुर महानगरपालिकाको मेयरको कुर्सीमा छन् । उनी कांग्रेसबाट दोस्रो कार्यकालमा मेयर निर्वाचित भएका हुन् । ललितपुर महानगरपालिका काठमाडौं उपत्यकाभित्र पर्ने भए पनि खासै आलोचना हुँदैन, आलोचना काठमाडौं महानगरका मेयरले खेप्नुपर्छ ।
काठमाडौंका अघिल्ला मेयर विद्यासुन्दर शाक्य होस् वा अहिलेका मेयर बालेन्द्र शाह आलोचनाको केन्द्रविन्दुमा छन् । कारण, काठमाडौं महानगर राजधानीमा पर्छ, मिडियाको ध्यान पनि काठमाडौंमै पर्छ ।तर, ललितपुर महानगरपालिका पनि बेथितिभन्दा टाढा छैन । अझ यहाँका मेयर चिरिबाबु महर्जनले अघिल्लो कार्यकाल बेथितिमै बिताए । यो कार्यकालको सुरुवात पनि कुशासनबाट गरेका छन् ।
महानगरमा सहसचिवसहितका कर्मचारी छन् । स्रोतसाधनको कमी छैन । महानगरका आफ्नै प्रहरी, आफ्नै कर्मचारी छन् ।तर, उनले सस्तो लोकप्रियता कमाउन, ढुकुटी रित्यानैका लागि सल्लाहकार नियुक्तिको मेला लगाएका छन् ।उनले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन्सेट) विपद् जोखिम न्यूनीकरण गर्ने विज्ञ संस्था नियुक्त गरेका छन् ।
मदनलाल न्याछ्यो अमूर्त सम्पदा विज्ञ, लोकबहादुर खड्का शिक्षा सल्लाहकार, दिलेन्द्रराज श्रेष्ठ पर्यटन विज्ञ, डा रोहित रञ्जितकार सम्पदा सल्लाहकार, पदमकृष्ण श्रेष्ठ खेलकुद सल्लाहकारण, पद्मसुन्दर जोशी परम्परागत पानी व्यवस्थापन विज्ञ, रिद्धिबाबा प्रधान समाजकल्यण विज्ञ, डा तारामान अमात्य जनस्वास्थ्य विज्ञ, प्राडा पुष्पमान अमात्य वनस्पति विज्ञ, डा मदनकुमार पिया अर्बुद रोग विज्ञ र तीर्थमान शाक्य प्रशासन विज्ञका रुपमा चयन भएका छन् ।कानुनविपरीत मेयर र उपमेयरका सल्लाहकार
बागमती सरकारले जारी गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा प्रमुख, उपप्रमुखले स्वकीय सचिव, सल्लाहकार, प्रेस सहजकर्ता राख्न पाउने व्यवस्था छैन । तर, ललितपुरका मेयरले कानुनी सल्लाहकार, प्रेस संयोजक, प्रेस सहजकर्ता राखेर वार्षिक साढे पाँच लाख खर्चिेद खाएका थिए ।
अझ अहिले त हरेक विषयगत सल्लाहकार राखेर खर्च बढाएका हुन् ।