
प्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा धेरैै!


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दिन प्रतिदिन अप्ठयारोमा पर्दै गएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री दिएदेखि नै गठबन्धनभित्र चुलिएको विवाद उनको पार्टी सरकार बाहिर रहेपछि गठबन्धनमा भूइँचालो जान थालेको छ ।
हुन त प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि विश्वासको मत दिएकाले तत्कालै ढल्ले स्थिति भने देखिन्छ । माधव नेपाल नेतृत्वको पार्टी पनि सरकारमा जान खुट्टा उचालेर बसेको छ ।यस कारण प्रधानमन्त्री प्रचण्डलाई भन्दा पनि नेकपा एमालेका अध्यक्षलाई अप्ठयारो भएको छ ।
राष्ट्रपतिको विषयमा प्रधानमन्त्रीको अस्पष्ट जवाफ र कांग्रेसलेको दाबीले अध्यक्ष ओलीको निद हराएको छन् । कतै कांग्रेसले पो राष्ट्रपति हात पार्ने होइन भन्ने आशंका एमालेमा छ ।ओलीलाई अचेल कांग्रेसलाई गाली गर्दैमा ठिक्क भएको छ । आइतबार विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले कांग्रेसले प्रतिपक्षी दलको भूमिका समेत निर्वाह गर्न नसकेको बताए ।
जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने झै प्रधानमन्त्रीको कुर्सीमा प्रचण्ड देखिए पनि असली प्रधानमन्त्री ओली भएको बताए ।प्रधानमन्त्री भएपछि बोल्ने भन्दा काम बढी गर्ने बताएका प्रचण्डको दैनिकी ठिक उल्टो भएको छ । भाषणलाई भन्दा कामलाई प्राथमिकता दिने भनेका प्रचण्ड सार्वजनिक कार्यक्रमको निम्तो आउनेबित्तिकै दौडिहाल्ने गरेको उनीमाथि आरोप लाग्ने गरेको छ ।
वितेको एक सातामा उहाँले गरेको गतिविधिले पनि उहाँले दिएको अभिव्यक्तिलाई गिज्याइरहेको छ ।प्रधानमन्त्री भएपछि प्रचण्डले सहभागिता जनाउनुभएको कार्यक्रम र अभिव्यक्तिको लेखाजोखा गर्ने हो भने त अझै लामो छ ।