बिभिन्न ठाउँमा आगलागी हुँदा धनमाल जलेर नष्ट करोडौँ क्षति


काठमाडौं। सुनसरी, कोशी गाउँपालिका ४ बस्ने बिबि हजरा खातुनको घरमा शुक्रबार राति विद्युत सर्ट भई आगलागी हुँदा उक्त आगो फैलिएर खातुन सहित ३ जनाको घर तथा घरमा रहेको अन्नपात भाडावर्तन लगायतका सरसामान पूर्ण रूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा। बिर्तामोड नगरपालिका ८ स्कुल डाँडा बस्ने अरबिन्द अग्रवालको जगदम्बा प्लाई फ्याक्ट्रिमा चलिरहेको डायर मेसिन हिट भई उक्त मेसिनमा शुक्रबार राति आगलागी भएकोछ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
धादिङ। निलकण्ठ नगरपालिका ८ सांघुटारस्थित तनहुँ शुक्ला गण्डकी नगरपालिका(२ दुलेगौडा बस्ने सरिता श्रेष्ठको सरिता ईन्टरप्राईजेजमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा पसलभित्र रहेको विभिन्न सरसामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै उक्त आगो फैलिएर सोही ठाउँस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ८ बस्ने बिकाश ठकुरीको सजिना खाजाघरमा समेत आगलागी हुँदा करिब ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भोजपुर। साल्पासिलिछो गाउँपालिका(३ सार्किबारी बस्ने कृष्ण बहादुर राईको घरमा शनिबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको सम्पूर्ण सर सामानहरु जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।