
तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

रासस
२०७९ माघ ११, बुधबार ०८:४३:००
तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो ।
माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताउनुभयो ।
यसअघि पनि सोही सडकखण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदैआएको थियो । उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन् । यस सडकखण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हँुदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन् ।
सम्बन्धित खवर
२०७९ माघ २३, सोमबार
चक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
२०७९ माघ २३, सोमबार
ललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेला लगाए
२०७९ माघ २३, सोमबार
प्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा धेरैै!
२०७९ माघ २२, आईतवार
सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
२०७९ माघ २२, आईतवार
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु...
२०७९ माघ २२, आईतवार
रविको राजनीतिक उतारचढाव: टेलिभिजन प्रस्तोता हुँदै गृहमन्त्री...
भर्खर
-
१ घण्टा अगाडिचक्रव्यूहबाट रवि निस्किए, अब फस्ने पालो प्रचण्डको
-
१ घण्टा अगाडिललितपुरका मेयर चिरिबाबुले सल्लाहकार नियुक्तिको मेल...
-
२ घण्टा अगाडिप्रचण्ड नेतृत्वको सरकार अप्ठयारोमा,काम भन्दा कुरा...
-
१० घण्टा अगाडिवर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबर...
-
१० घण्टा अगाडिसुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग
-
१० घण्टा अगाडिपत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान...
लोकप्रिय
-
१ हप्ता अगाडिरवि लामिछाने अब के गर्लान् ?