
नेपालमा २६ जातका कफी


काठमाडाैं । नेपालमा २६ जातका कफि रहेको पाइएको छ । जसमध्ये अध्ययनको क्रममा संकलन गरिएका नमुनाहरूमध्ये ८० प्रतिशत परम्परागत अरेविका जातका भेटिएका थिए । कुल नमुनाहरूमध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड मिश्रित जात र ३ प्रतिशत इथियोपियिन जातका रहेका थिए । अनुसन्धानमा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना संकलन गरिएका थिए ।
यो अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद अन्तरगतको कफी अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हाे । कफीका सरोकारवाला समुह तथा निकायहरूलाई नेपालमा कफीका जात र उत्पादन , उत्पादकत्व , गुणस्तर, रोजाइ , प्रवर्द्धनात्मक उपायहरू तथा रणनीतिहरूमा यिनीहरूको प्रभावबारे जानकारी दिन यस प्रतिवेदन संप्रेषण कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल कृषि अनुसंधान परिषद (नार्क) वरिष्ट बैज्ञानिक जीत नारायण चौधरीले नेपालमा किसानले स्थानीय स्तरमै कफीको आफ्नै तरिकाले स्थानीय रूपमा नाम दिएको र आधिकारीक रूपमा कफीको जातको नामकारण नभएको अवस्थामा नेपालमा उपलव्ध भएका कफीका आणवांशिक जातका बारेमा पहिचान गर्न यो अनुसंधान गरिएको बताए ।
उक्त अवसरमा युरोपियन युनियनको इयु नेपाल टिआइपीका कार्यक्रम संयोजक डा विदुर घिमिरेले कार्यक्रमले नेपालको व्यापार क्षमता अभिवृद्धिमा गरेको सहयोगबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुसंधान परिषद , कृषि तथा वन विश्व विद्यालय तथा नेपाल कफी उत्पादक संघ लगायत कफी क्षेत्रका प्रमुख सरोकारवाला निकायको उपस्थिति थियो ।
यस अनुसन्धानले समेटेका मध्ये ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन गरिका मध्ये ९८ प्रतिशत बोर्बोन आणवांशिक पृष्ठभूमि रहेको देखिएको छ । ‘बोर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकुल रहेकोले यस जातीकै आणवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकोले नेपालका लागि यो ठूलो जोखिम पनि हो,’ प्रतिवेदन भन्छ ‘ ठूलोमात्रामा बोर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो । ’ यो प्रतिवेदनले सरकारी नर्सरीहरूले आणवांशिक विविधता काम गरिरहेको देखाएको छ ।
नेपाली कफीको जातीय अनुवांशिक अनुसन्धानमा युरोपियन युनियनको सहयोग,अनुसन्धानले नेपालको जलवायु उत्थानशील कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उल्लेख्य योगदान पुग्ने
उत्तम कफीको जात पहिचान गरी नेपालको कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा संचालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रय व्यापार केन्द्रको प्राविधिक सहयोगमा एक अध्ययन सम्पन्न भयो ।
नेपाल बर्बोन कफीको देश भएको निर्क्योल गर्दै यस प्रतिवेदनले एकै किसिमको आणवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनु पर्ने सुझाव दिएको छ। अनुसन्धानको क्रममा । नेपालमा रहेका कफीका जातहरूबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफी जातीको छनौट , कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा यो अध्ययन सहयोगी भएको छ । किसानहरूलाई कफीका विरूवाहरू वितरण गरिरहेका सारकारी तथा निजी नर्सरीहरूबाट अध्ययनका लागि नमुना विरूवाहरू संकलन गरिएका थिए ।
के हो इयु टिआइपी भनेको ?
युको आर्थिक सहयोगमा संचालिन चार वर्षे इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी)
सन् २०२० फेब्रुअरीमा भएको हो र यसले व्यापार तथा क्षेत्रिय एवं विश्व मूल्य श्रंखलामा सहभागिता बढाएर नेपाल सरकारलाई दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न एवं गरिबी घटाउन नेपाल सरकारलाई सहयोग गर्छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र ९आइटिसी० द्धारा कार्यान्वयन भइरहेको यस परियोजनाले नेपालको कफी तथा पस्मिनाको मूल्य श्रृंखलाको दिगो तथा समावेशी विकासका लागि निर्यात केन्द्रित भइ सहयोग गर्छ ।