
वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरू


वर्णन मिडिया व्रिफिङ: यस्तोे छ आज दिनभरका ताजा खबरहरू
रास्वपालाई सरकार छाड्न र गृहमन्त्रालय पाउन उत्तिकै सकस!
दुईदिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीे अन्तत चिसै पानीले नुहाउन बाध्य भयो । दुई दिनभित्रमा गृहमन्त्रालयमा सहमति नभए सरकार छाड्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीलाई शनिबारसम्म दुई दिनको अल्टिमेटम दिएको थियो ।
https://barnanmedia.com/detail/1675549662-lii-l-u-u-r7-23-02-05
गत साता उकालो लाग्न नसकेको सेयर यो साता के होला ?
नयाँ सरकार गठन र त्यसमा पनि विष्णु पौडेल अर्थमन्त्री बनेपछि उकालो लागेको सेयर बजार गत साता ओरालो लाग्यो । सातामा पाँच दिन कारोबार भएको बजारमा एक दिन मात्र नेप्से परिसूचक बढ्यो । ४ दिन बजारले ओरालो यात्रा तय गर्यो ।अघिल्लो साता अन्तिम कारोबार दिन नेप्से २१८३ अंकमा थियो ।
https://barnanmedia.com/detail/1675551023-ul-l-l-ay-23-02-05
एमालेसँगको पूर्वसहमतिबाट किन पछि हट्दैछन् प्रचण्ड ?
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको समयसीमा १० पुस साँझ ५ बजे सकिँदैथ्यो । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । त्यतिमात्र होइन राष्ट्रपति र सभामुखमा पनि कांग्रेसकै दाबी रहँदा माओवादी अध्यक्ष प्रचण्ड छटपटिमा थिए ।
https://barnanmedia.com/detail/1675551197-el-b-mt-23-02-05
बिभिन्न ठाउँमा आगलागी हुँदा धनमाल जलेर नष्ट करोडौँ क्षति
सुनसरी, कोशी गाउँपालिका ४ बस्ने बिबि हजरा खातुनको घरमा शुक्रबार राति विद्युत सर्ट भई आगलागी हुँदा उक्त आगो फैलिएर खातुन सहित ३ जनाको घर तथा घरमा रहेको अन्नपात भाडावर्तन लगायतका सरसामान पूर्ण रूपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बिर्तामोड नगरपालिका ८ स्कुल डाँडा बस्ने अरबिन्द अग्रवालको जगदम्बा प्लाई फ्याक्ट्रिमा चलिरहेको डायर मेसिन हिट भई उक्त मेसिनमा शुक्रबार राति आगलागी भएकोछ ।
https://barnanmedia.com/detail/1675556898-b-u-aal-l-l-cx-23-02-05
बानेश्वरमा बन्द कोठाभित्र छोरी घाँटी रेटिएको र बाबु शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिए
काठमाडौं महानगरपालिका १० बानेश्वरमा बाबुछोरी मृत भेटिएका छन् ।
रामेछापको खाँडादेवी गाउँपालिका स्थायी घर भई टंकप्रसाद मार्गमा डेरा गरी बस्ने किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ ।
फ्रान्सेली लिग वानमा पीएसजीले टुलोजलाई २–१ गोलको अन्तर
लियोनल मेसीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोल अन्तरले हराएको छ। जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा आठ अंकका अग्रता बनाएको छ।
एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै पिएसजीले रोमाञ्चक जित निकाल्ने क्रममा थप गोल आचफर हामिमीले गरे। टुलोजका लागि ब्रान्को भान डेकोले गोल गरेका थिए। ब्रान्को भान डेकोले खेलको २० औ मिनेटमा गोल गर्दै टुलोजलाई सुरूआती अग्रता दिलाएका थिए। तर खेलको ३८ औं मिनेटमा आचरफ हाकिमीको गोल गर्दै खेललाई पहिलो हाफमा १.१ गोलको बराबरीमा ल्याए।
दाताको भरमा महाकाली गुरुकुल
भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । सहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माणकार्य अगाडि बढाइएको छ ।
वालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण
बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९ वटै वडामा कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।
वैदेशिक रोजगारीका लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपिओ खुल्ला
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र कुर्सी
गण्डकी पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । संसदीय दलका लागि कार्यालयको समस्या छ ।
रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना हुनुभएको थियो ।
प्रशासन कार्यालयमै हुलाक टिकट
जिल्ला हुलाक कार्यालय तनहुँबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने सत्ता गठबन्धनको तयारी
सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । अर्यालले आज गठबन्धनको तर्फबाट उम्मेद्वारी दिने तयारी रहेको छ ।
नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक
राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ ।
हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले
यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो ।
दुई अर्बका होल्डिङ सेन्टर प्रयोगहीन
देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ निर्माण गरेको होल्डिङ सेन्टरको व्यवस्थापन र स्वामित्व ग्रहणमा उदासिनता देखिएको छ ।
राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।उहाँले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उहाँको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।
फूलखेतीबाट मासिक ३५ हजार आम्दानी
पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ ।
तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आउनुभएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ वर्ष कट्नुभएका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गर्नुभएको होइन । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आउनुभएको छ ।
सञ्चारमन्त्री शर्माद्वारा नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन गर्नुभएको छ । आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले उद्घाटन गर्नुभएको हो । नेपाल टेलिकम आज १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ ।
मधेस प्रदेशको विषयगत समिति बाँडफाँडमा सहमति
मधेश प्रदेशको विषयगत समिति बाँडफाँडमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक÷एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ ।
कांग्रेस सभापति देउवाद्वारा राणाप्रति श्रद्धाञ्जली
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शमशेर राणाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ ।
सशस्त्र प्रहरिको इन्टेलिजेन्स ब्युरोद्वारा नक्कली नोट सहित दुई जना पक्राउ
सशस्त्र प्रहरि बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँ सहित शनिबार सांझ दुई जनालाइ नियन्त्रणमा लिएको छ ।
सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट उनिहरुलाइ नियन्त्रणमा लिइएको हो । नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लाहान नगरपालिका वडा नम्बर १९ स्थायि घर भएका वर्ष ३० का मोहम्मद ओसिन र सोहि नपा १० स्थायी घर भएका २२ वर्षिय मोहम्मद राज शेख रहेका छन् ।
प्रदेशसभाको बैठक भोलि
प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
छ महिनामा १७ करोड ३५ लाख राजस्व सङ्कलन
भन्सार कार्यालय मलङ्गवा, सर्लाहीले चालु आर्थिक वर्षको छ महिनामा कूल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
साउनदेखि पुससम्म रू ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रू १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले चालु आवमा रू ७८ करोड ५० लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा आज बुटवलमा आयोजित प्रथम उपमहानगर राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले सङ्घीयता बलियो बनाउन स्थानीय सरकार बलियो हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारहरूमा पनि महानगर, उपमहानगर र गाउँपालिकाका अवस्था र समस्या फरक–फरक रहेको औल्याउँदै उहाँले भन्नुभयो, “आर्थिक र सामाजिक हिसाबले स्रोत साधनको वितरणबारे छलफल हुन जरुरी छ ।”
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेल बस्नेतको हत्या गरेको अभियोगमा उदयपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका(८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडी आफ्नै घरमा हत्या गरी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।
बालुवाटारमा रविलाई प्रचण्डले भने –तपाईं अहिले मन्त्री नबन्नुस्, विकल्प सोच्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मन्त्रालयको संख्या नघटाउने भन्दै उसलाई आस्वस्त पार्न खोजेका छन् ।
आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालकाे उम्मेदवारी दर्ता
राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।
माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी निर्विरोध निर्वाचित हुने सम्भावना छ ।
ओलीले भने:सत्ताबाहिर हुँदा कांग्रेस पानीविनाको माछाजस्तै छटपटाएको छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको भविष्यको आकार दिने राजनीति आफैँ दिशाविहीन बनेर भैपरी आउने अवसर कुरेर बसेको टिप्पणी गरेका छन् ।
ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजनीतिक अस्थिरता अन्य गर्न संविधान जारी गरेपनि सफल नभएको बताए ।
गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताउनुुभएको छ । सो विमानस्थलको निरीक्षणपछि उहाँले आफू काठमाडौँ पुुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिनुभएको हो ।
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ ।
“डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भन्नुभयो । “प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” उहाँले बताउनुभयो ।
अन्तत: सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी, सरकारलाई दिएको समर्थन भने कायमै राख्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो । रास्वपाले सरकारमा रहेका मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन भने रास्वपाले कायमै राख्ने भएको छ ।