
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का, नेप्से साेध्याे स्पष्टिकरण


काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से ले ३८।५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ । सोमबार बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ९आव० २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई ३८।५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ ९१० मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
तर, नेशनल माइक्रोफाइनान्स लघुवित्तले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६९१० ९ख० मा भएको व्यवस्था अनुरुप कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै पत्र प्राप्त भएको मितिले ३ ९तीन० कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको रु सो सम्बन्धमा स्पष्टीकरण पेश नेप्सेले निर्देशन दिएको छ ।
सोमबार बिहान ९ बजे सञ्चालक समितको बैंठक बसेको र सेयर कारोबार सुरु भएपछि ११ बजेर ४ मिनेटमा मात्रै नेप्सेमा सूचना प्राप्त भएको नेप्सेले जनाएको छ । लघुवित्तले ३८।५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दै ३० असार २०७८ मा महिला सहयात्रा लघुवित्तसँम गर्जर गरी एकीकृत कारोबार सुरु गरेकोले त्यसभन्दा अगाडि कायम सेयरधनीले लाभांशमा लाग्ने कर छुट हुने हुँदा कर प्रयोजनका लागि नगद लाभांश भने प्रस्ताव नगरेको जनाएको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।