
महासचिव देव गुरुङले भने:माओवादीले गठबन्धनको विकल्प सोचेको छैन


काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन्।
पार्टी पदाधिकारी बैठकपछि महासचिव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।
“अपेक्षाकृत परिणाम नआए पनि गठबन्धन सफल भएको छ,” बैठकपछि उनले भने, “निर्वाचनमा थोरै यताउता भयो होला । यसलाई स्वीकार गरेर अघि बढ्नुपर्छ । हाम्रा आफ्नै कमी कमजोरी र सीमा पनि रहे होलान् । आगामी दिनमा सुधार गर्दै गएर पार्टीलाई सुदृढ गर्दै अघि बढ्नुपर्छ भन्ने छ । निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी भएको छ ।”
शनिबार माओवादी पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सरकार गठनका लागि सबै विकल्प खुला गरेको बताएका थिए ।