
ओलीको निजी निवास बालकोटमा पार्टीको केन्द्रीय सचिवालयको १३औं बैठक जारी
प्रत्यक्षका उम्मेद्वारकाे टुंगो लाग्ला?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बिहीबार साँझ पार्टीको केन्द्रीय सचिवालयको १३औं बैठक जारी छ।
उम्मेद्वारहरूको अन्तिम टुंगो लगाउन एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केन्द्रीय सचिवालयको बैठक बसिरहेको हो।
बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।
बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाललगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल भइरहेको छ।
समानुपातिकको बन्दसूचीमा रहेका उम्मेद्वारहरूको नामावली संशोधनसम्बन्धी काम एमालेले टुंग्याइसकेको छ।प्रत्यक्षतर्फ यही असोज २३ गते उम्मेदवारी दर्ता ९मनोनयन० गर्ने चुनावी कार्यक्रम छ ।