
कामै नगरी उपभोक्ता समितिलाई पौन ४ लाख भुक्तानी


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभा, खाँदबारी नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।खाँदबारी नगरपालिकामा पर्ने हिगुवा महानन्द चोक हुँदै थलेडाँडा वर्खेडाँडा सडक खण्डमा कामै नगरी उपभोक्ता समितिलाई रकम भुक्तान गरेको पाइएपछि अख्तियारले प्रशासकीय अधिकृत निरौलालगायत इन्जिनियर सुरज श्रेष्ठ र सव-इन्जिनियर मनोजकुमार चापागाईविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।
भएकोभन्दा बढी काम देखाई, झुट्टा नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी ३ लाख ७४ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ । उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपाल बहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङलाई पनि दोषी किटान गरी अख्तियारले मुद्दा चलाएको छ ।