
गौरीशंकर गाउँपालिकामा १ देखि ३ वडाकाे मतपरिणाम सार्वजनिक हुँदा माओवादी केन्द्र पहिलो नम्बरमा


दाेलखा । गौरीशंकर गाउपालिकाको हालसम्म प्राप्त परिणामअनुसार ९ वडा मध्य १ देखि ३ सम्म लगातार नेकपा माओवादी केन्द्रले जित हात पारेको छ।
हामिले समाचार तयार पर्दासम्म गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ सम्मको मतपरिणाम सार्वजनिक हुँदा तीन वटै वडामा माओवादीले जित हात पारेको हो ।
एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्षमा अग्रता कायम राख्दै वडा नम्बर १ मा प्रकाश खड्का, वडा नम्बर २ मा रोहित खड्का र वडा नम्बर ३ मा युग बहादुर बस्नेतले जितेका छन् ।
यसैगरी, माओवादी केन्द्रबाट पालिका अध्यक्षका उम्मेदवार बनेका विश्वास कार्की ३ वटा वडाको मत गणना सकिँदा सम्म पनि लगातार अग्रस्थान कायम गर्न सफल भएका छन् । उपाध्यक्षमा पनि गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका श्याम सुन्दर तामाङनै अघि देखिएका छन् ।
हाल वडा नम्बर ४ को मतगणना भइरहेको छ ।