
विदेशी मुद्रा सञ्चितिमा केही राहत, शोधनान्तर घाटा भने बढेको बढ्यै

वणर्न संवाददाता
२०७९ बैशाख २८, बुधबार १८:३१:००
काठमाडौँ । रेमिट्यान्स आप्रवाहमा सुधार हुँदा विदेशी मुद्राको सञ्चितिमा सरकारलाई केही राहत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो महिनाभन्दा यो महिना ३ करोड अमेरिकी डलर सञ्चिति बढेको छ ।
चैत मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको छ, जुन फागुन मसान्तसम्म ९ अर्ब ५८ करोड थियो ।रेमिट्यान्स आप्रवाह गत फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब १९ करोड थियो । यो रकम चैत मसान्तमा आउँदा ७ खर्ब २४ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने यो केही कम हो ।
शोधनान्तर घाटा भने एक महिनामै १० अर्ब रूपैयाँले बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चैत मसान्तसम्म शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब रुपैयाँ छ । यो घाटा फागुन मसान्तसम्म २ करोड ५८ अर्ब थियो ।
सम्बन्धित खवर
२०७९ बैशाख २९, बिहीबार
प्रिंटेड कपडामा नुसरत भरुचाको हट लुक, खुला कपालमा देखिइन् जह...
२०७९ बैशाख २९, बिहीबार
चार दिनपछि नेप्सेमा गिरावट
२०७९ बैशाख २८, बुधबार
सरकारका नीति तथा कार्यक्रम जेठ ७ मा सार्वजनिक गरिने
२०७९ बैशाख २८, बुधबार
नेप्से लगातार चौथो दिनकाे कारोबारमा १३० अंकले बढ्यो
२०७९ बैशाख २७, मंगलवार
आज उच्च ४४ अङ्कले बढ्यो नेप्से
२०७९ बैशाख २७, मंगलवार
आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार
भर्खर
-
३० मिनेट अगाडिशङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता
-
१ घण्टा अगाडिअरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच स...
-
१ घण्टा अगाडिभारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
-
२ घण्टा अगाडिमेरिङदेन अध्यक्षमा कांग्रेस विजयी
-
२ घण्टा अगाडिछत्रकोट र सत्यवतीमा एमाले विजयी
-
२ घण्टा अगाडिनक्कली जस्तो देखिने नेपाली नोट सहित पक्राउ
लोकप्रिय
-
१ हप्ता अगाडिनयाँ आईजीपी सिंहका चुनौती र एआईजी पोखरेलको दायित्व
-
१ हप्ता अगाडिसर्वोच्चमा मीरा खड्काको ठाउँमा सारंगा सुवेदी
-
१२ घण्टा अगाडिमोदीको लुम्बिनी भ्रमणः देउवाको भयानक कूटनीतिक त्रुटि