
सत्ता गठबन्धनको चुनावी सभामा जसपा अध्यक्षद्वय यादव र भट्टराई किन जाँदैनन्?


काठमाडौं । पाँच दलीय गठबन्धन अहिले चुनावी सभाका क्रममा देश दौडाहामा व्यस्त छन् । एकैछिन अघिसम्म पूर्वको चुनावी सभालाई सम्बोधन गरिएका नेताहरु एकैछिनमा पश्चिमको कुनै कार्यक्रममा देखिन्छन् । अहिले उनीहरुलाई भ्याइनभ्याइ छ ।
कांग्रेस,माओवादी र समाजवादीका शीर्ष नेताहरु गएको सभामा जनता समाजवादी(जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्घीाय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई उनीहरुसँग देखिदैनन । नेताहरुले एकले अर्काे पार्टीको उम्मेदवारलाई जिताउन भोट माग्दै गर्दा यी दुई नेता भने आफ्नै गृहजिल्लामा भोट मागेर बस्दैमा फुर्सद छैन् ।
गठबन्धनले चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिका, मधेस प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसक्दा पनि यी दुइ नेता गठबन्धनका नेताहरूसँग मञ्चमा कतै सामेल भएनन्। तीन ठाउँकै चुनावी सभालाई यी दुई नेताले बहिस्कारको शैलीमा नजिक परेनन् ।
आफू नगए पनि दोस्रो तहका नेताहरूलाई भने चुनावी सभामा पठाउने गरेका छन् ।तर, जसपाका यी दुई नेता भने गठबन्धन दलकै चुनावी सभामा नगई गृहजिल्लामा खटिएका छन् । तालमेललाई लिएर केही असन्तुष्टि होला कि भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
डा। भट्टराईले तालमेलबारेको असन्तुष्टि ट्वीईटरको माध्यमबाट पोखका छन् । संयुक्त चुनावी सभा बहिस्कार गरेको उनी अहिले गृहजिल्ला गोरखामा आफ्ना पार्टीबाट उम्मेदवार बनेकाहरूलाई मत मागिरहेका छन् ।
यस्तै पार्टी अध्यक्ष यादव पनि संयुक्त चुनावी सभालाई सम्बोधन गर्न छाडेर मोरङमा छोरा अमरेन्द्रलाई मत मागिरहेका छन् । अमरेन्द्रले विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।