चुनाव नजिकिँएसँगै कोरोना संक्रमणको जोखिम बढ्यो,नाकामा परीक्षण बढाउने तयारी


काठमाडौं । केही महिना शिथिल बनेको कोरोना संक्रमण दर फेरि उकालो लाग्न थालेको छ। पछिल्लो साता चीनमा मात्र होइन भारत, अमेरिका र युरोपमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।
बिस्तारै मत्थर हुँदै गएको कोरोना संक्रमण फेरि उकालो लाग्न थालेपछि जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।नेपालमा हुने चुनावमा सहभागी हुन भारतमा भएका नेपाली फर्कन थालेपछि सरकारले कोभिड परीक्षण बढाउने तयारी गरेको छ । नेपालको दैनिक ४० हजार भन्दा बढी पिसीआर परीक्षण गर्ने क्षमता रहे पनि ३ हजारको हाराहारीमा मात्र परीक्षण हुने गरेको छ । त्यसमा पनि विदेश जाने तथा अन्य प्रयोजनका लागि परीक्षण गराउने बढी छन् । एन्टिजेन्ट परीक्षण पनि दैनिक सरदर एक हजार जनाको हुने गरेको छ।
चुनाव नजिकिँएसँगै संक्रमणको जाखिम बढेको भन्दै सरकारले नाका सहितका स्थानमा परीक्षण बढाउने तयारी गरेकोा हो ।भारतसँग खुला सिमाना भएका कारण भारतमा देखिएको भाइरसको प्रभाव नेपालमा सजिलै आइपुग्ने गरेके विगतका लहरले देखाइसकेको छ ।
अहिले डेल्टाक्रोन र एक्स९ई भेरियन्ट देखिएको छ ।अहिले देखिएको एक्सई ओमिक्रोन भन्दा १० गुणा छिटो सर्न सक्ने भनिए पनि यो डेल्टा र ओमिक्रोन जति घातक भने नभएके जनस्वास्थ्य विज्ञले बताएका छन् ।
नेपालको कुरा गर्दा अहिले धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यसमा पनि अधिकांशले बुस्टर डोज पनि लिइसकेका छन् । यसबाट बच्नका लागि खोप कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेमा जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । भारतबाट नयाँ लहर आए पनि विगतको जस्तो भयानक अवस्था आउँदैन भन्नेमा आश्वस्त बनौं ।
चौथो लहरका कारण चीनको सांघाईलगायतका सहर लकडाउनमा छन् । नेपालमा अहिलेसम्म चौंथो लहर देखिएको छैन । आइहाल्यो भने पनि त्यो खुल्ला सीमा भएका कारण भारतबाटै आउने देखिन्छ । नेपालमा भने स्थानीय चुनावका कारण खासै त्यसतर्फ सजकता अपनाएको देखिदैन ।
कोरोना भाइरस संक्रमणको छिटो माध्यम भीडभाड नै हो । तर अहिले नेपालमा स्थानीय तह निर्वाचनले गर्दा राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरु चुनाव प्रचारमा व्यस्त छन् । नेता कार्यकर्ताहरू घरघरमा पुग्ने हुँदा संक्रमणको जोखिम बढ्ने देखिएको हो ।