
वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू


वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू
बाम गठबन्धनको कुरा गरेर गठबन्धनका दुई दल कांग्रेसलाई तर्साउँदै
स्थानीय निर्वाचनको चर्चा जति छ त्यो भन्दा पनि दलहरुलाई चुनावी गठबन्धनको चासो बढी देखिएको छ। एक्ला एक्लै जाँदा चुनावमा हारिएला भन्ने डरले प्रमुख दलहरुले गठबन्धन सहारा लिन खोज्दैछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भन्दा पनि वर्तमान सत्ता गठबन्धनलाई अलि बढी नै चासो देखिन्छ । चुनावी तालमेल हुन नसके निर्वाचनमा कम सिट आउन सक्ने देखेका माओवादी र एकीकृत समाजवादीलाई कांग्रेसको ढिलासुस्तिले अत्याएको छ।
https://barnanmedia.com/detail/1647558972-b-b-b-ii-l-lii-u-ux
निर्वाचन आचार संहिता आयो, केके छन् विशेषता ? (पूर्ण पाठसहित)
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी बिहीबार आचार संहिता प्रकाशित गरेको छ । आचार संहिता बनाउन ढिला गरेको भनेर आलोचना खेपेको आयोगले स्थानीय तहका बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न कसिलो नीति लिएको छ । संहिताअनुसार पदबाट राजीनामा नदिनेदेखि पेस्की र बेरुजु फर्स्योट नगर्ने जनप्रतिनिधि उम्मेदवार बन्न पाउने छैनन् ।
हालका जनप्रतिनिधिले अर्को कार्यकालका लागि उम्मेदवार बन्न पार्टीमा लबिङ गरिरहेका बेला आयोगले कसिलो व्यवस्था गरेको हो । स्थानीय तहका बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा नदिई वैशाख ३० को निर्वाचनका लागि उम्मेदवारी दिन पाउने छैनन् ।
https://barnanmedia.com/detail/1647559429-aa-aa-bl
सरकार लालपुर्जा बाँडेर भोट किन्दै, निर्वाचन आयोग रमिते, दिनेश थपलिया किन बने देउवाका लाचार छाया ?
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठलाई अहिले भ्याइनभ्याइ छ । निर्वाचन आयोग चुनावी चटारोमा जुटेका बेला मन्त्री श्रेष्ठ आउँदो चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा कसरी भोट बढाउन सकिन्छ भनेर सरकारी स्रोत, साधन र सम्पत्तिको भरपूर दुरपयोग गरिरहेकी छन् ।
आज मात्र उनले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६, पाटी विहार, पाँचोमा भूमिहीनका नाममा लालपुर्जा बाँड्ने कार्यक्रम छ । निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसके पनि सरकारका तर्फबाट जग्गा बाँड्ने क्रम रोकिएको छैन ।
https://barnanmedia.com/detail/1647561352-ll-b-aa-l-b-u-l-da
काठमाडौँको सुध्रिएको होली, अपरिचित बटुवामाथि लोला र पिचकारीको युग सकियो
फागु पर्व एकले अर्कालाई रङ दलेर शुभ कामना साटासाट गर्ने र आत्मीयता दर्शाउने उत्सव हो । काठमाडौँ उपत्यका र पहाडी जिल्लामा यो उत्सव फागु पूर्णिमाकै दिन आउँछ । तराईमा भोलिपल्ट होली नामबाट मनाइन्छ । स्थानीयताअनुसार मनाउने केही शैली फरक होला तर सारमा यसको उद्देश्य र विशेषता समान छन् ।
फागुका नाममा विगतका केही दशक भने हार्दिकताभन्दा बढी उच्छृंखलता हावी भयो ।
https://barnanmedia.com/detail/1647562434-e-l-a-b-ll-gr
सुलभ एवम् सहज स्वास्थ्य सेवा प्राथमिकतामा : मुख्यमन्त्री पोखरोल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उहाँले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्दै प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पु¥याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पु¥याइने बताउनुभयो ।
अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र
जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको हो भन्ने कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ ।
तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु
तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।
महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताउनुभयो । “महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ”, उहाँले भन्नुभयो ।
भारतको सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन
नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको आज संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो ।
२. नेरु २ करोड २६ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
सुदूरपश्चिमका अस्पताल व्यवस्थापन समितिमा अध्यक्ष नियुक्त
सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट भट्टलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
बस दुर्घटनामा दुईको मृत्यु, दर्जनौँ घाइते
मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
माडीमा आगलागी हुँदा ६० लाखको क्षति
चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल ९७० बोरा० कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम तथा अन्य भाँडावर्तन जलेर नष्ट भएको छ ।
मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु
मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् ।
यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् ।
मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य
प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राखिनुपर्ने उहाँले बताउनुभयो ।
जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले त्यस्तो निर्देशन दिनुभएको हो ।
इञ्जिनीयर्स एसोसियसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित
नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा हरिबहादुर दर्लामी निर्वाचित हुनुभएको छ । दर्लामीले तीन हजार ९३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको समितिले जनाएको छ ।
कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औँ स्थापना दिवसका अवसरमा आज उहाँले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।
बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ ।
धौलिगाड खानेपानी आयोजनाको निर्माण प्रक्रिया सुरुः ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने
कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ। विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले सुरु भएको हो ।
केही महिना अघि आयोजना निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता भएपनि कहिलेबाट निर्माण हुने ढुङ्गो लाग्न सकेको थिएन । रु एक अर्ब २६ करोडको लागतमा निर्माण हुने उक्त आयोजनाको भोलि अर्थात् यही चैत ५ गते सङ्घीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनका प्रमुख महेश न्यौपानेले बताउनुभयो ।
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो ।
पोखरा जाँदा उस्तै, सौराहमा त्यस्तै, कोही ठाकुराद्वारा पुग्थे भने कोही जनकपुरको जानकी मन्दिर पुगेर आर्शिवाद मागिरहेका पर्यटक भेटिन्थे । वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्रमा पुग्ने विदेशी नागरिकले नेपालको मौलिक कलाको प्रशंसामा अनेकन शब्द खर्च गर्थे । आँखै अगाडि सेतो हिमाल देखेर पुलकित हुन्थे र नेपाली कति भाग्यमानी है भनेर आफ्ना साथीसङ्गीलाई निम्ता दिने वाचा गरेर फर्कन्थे ।
पेस्तोल र गोली सहित पक्राउ
धनगढी नगरपालिका-११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो
भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार करोड ३० लाख ४ हजार ५ पुगेको सङ्घीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले जनाएको छ । यसबाहेक शुक्तबार बिहानसम्म यस महामारीका कारण १४९ को ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या पाँच लाख १६ हजार २८१ पुगेको छ ।
यातायात कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित ९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
यातायात कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
युएईद्वारा नेपाललाई जीतका लागि १६९ रनको लक्ष्य
संयुक्त अरब इमिरेट्स युएईले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाललाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।
विद्युतीय पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण, तीन दिनमा तीन सवस्टेशन उद्घाटन
विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ ।
गुणस्तरीय तथा भरपर्दो विद्युत् सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउने योजनालेसमेत अब क्रमशः मूर्तरुप पाउन थालेको छ । देशभित्रै बिजुलीका खपत बढाउने लक्ष्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ । त्यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार आवश्यक पर्दछ । देशभर नै भरपर्दो प्रणालीको विकासका लागि प्राधिकरणले ठूलाठूला प्रसारण लाइन तथा सवस्टेशन निर्माण गरिरहेको छ ।
संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिट हेर्दा हेर्दैमा
संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ शुक्रबार सकिएन ।संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिटलाई आज शुक्रबार हेर्दा हेर्दैमा राखिएको छ ।
गत वर्ष दायर रिटमा पहिलोपटक भएको सुनवाइ आउँदो बुधबारसम्मका लागि स्थगित भएको हो ।
न्यायाधीश पद स्वीकार नगर्ने मुख्यरजिष्टार कुँवरकाे घोषणा
उच्च अदालत पाटनको न्यायाधीशका लागि सिफारिश गरिएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले लिखित रुपमै अस्वीकार गरेका छन्।
न्यायाधीश पद अस्वीकार गरेमा न्याय परिषदको निर्णय अस्वीकार गर्ने कुँवर सम्भवतः न्याय सेवाका पहिलो उच्च अधिकारी हुन।
कार्कीले बुधबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई लिखित रुपमै न्यायाधीश पद अस्वीकार गर्ने जानकारी गराएका थिए।
पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पाँच हजार ९१४ वटा स्वाब नमुनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।
हाल मुलुकमा ३ हजार ९ सय ९६ जना सक्रिय संक्रमित छन् ।
आसन्न स्थानीय तह निर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ ।
बर्दियामा ब्राउन सुगरसहित तीन पक्राउ
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताउनुभयो ।
श्रीलंकामा बस दुर्घटना: ३२ घाइते
श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।
विद्यार्थीहरु शैक्षिक यात्राबाट फर्कदै गर्दा ‘ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीलाई स्थानीयवासीले वालस्मुल्ला अस्पतालमा पुर्याएका छन् ।
जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तेस्रो पटक म्याद थप
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो ।
शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो । नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पाँच हजार ९१४ वटा स्वाब नमुनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।
हाल मुलुकमा ३ हजार ९ सय ९६ जना सक्रिय संक्रमित छन् ।