
प्रकाशमान सिंहलाई मन्त्री बनाएर गुन तिर्न खोज्दै प्रधानमन्त्री देउवा!


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । हाल मन्त्रीबिहीन रहेका रक्षा र उद्योग मन्त्रालयमा प्रधानमन्त्री देउवाले नियुक्ति गरेर पूर्णता लिन लागेका हुन् । प्रधानमन्त्री देउवाले हाल उक्त मन्त्रालय आफै सम्हालिरहेका छन् ।
प्रधानमन्त्री देउवाले काँग्रेसको १४औँ महाधिवेशनम आफ्रूलाई सभापति बनाउन सहयोग गरेका प्रकाशमान सिंह वा उनको रोजाइमा एक मन्त्री नियुक्त गर्ने लगभग निश्चित जस्तै भएको छ । सम्भवत नेता प्रकाशमान सिंहलाई नै उपप्रधानमन्त्रीसहित गृह मन्त्रीको जिम्मा दिइन सक्ने स्रोतको दावी छ ।
तर प्रकाशमान मन्त्री बन्ने अनिच्छुक भएको अवस्थामा सिंहकै रोजाईमा कुनै एक मन्त्री बन्ने लगभग निश्चित भएको स्रोतले बतायो ।उक्त अवस्थामा वर्तमान गृहमन्त्री बालकृष्ण खाँडलाई रक्षामा तानिने छ ।
तर सिंहको सचिवालयले भने मन्त्री बन्न लागेको भन्ने कुरालाई अस्वीकार गरेको छ । प्रधानमन्त्री देउवा र सिंहबीच सरकार संचालनको विषयमा मात्रै छलफल भएको र सिंह मन्त्री बन्ने सम्भावना नरहेको प्रष्टयाएको छ ।
यस्तै राज्यमन्त्री उमेश श्रेष्ठलाई उद्योग मन्त्रीमा पठाउने र तेजुलाल चौधरीलाई उद्योगमन्त्री बनाउन प्रयास भईरहेको बुझिएको छ ।डा मिनेन्द्र रिजालले कांंग्रेशको १४औँ महाधिवेशनमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए भने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले पनि राजीनामा दिइसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँगको सम्बन्धका कारण आलोचना भएपछि हमालले राजीनामा दिएका थिए ।
तर, उनको राजीनामाले समस्यालाई थामथुम पार्न सकेन । नेपाल बार एसोसिएसनले उक्त मुद्धालाई आफ्नो प्रतिष्ठासँग जोडेर निरन्तर आन्दोलन गर्दै आएको छ । पदीय मर्यादा विपरित कार्य गरेको भन्दै बारले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ। दलहरुले आफ्नो अनुकूल हेर्दा बारको आन्दोलन कर्मकाण्डीको शैलीमा अगाडि बढिरहेको छ ।