
पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन, निर्वाचनको घोषणा

वर्णन संवाददाता
२०७८ मंसिर २०, सोमबार १७:१९:००
पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ ।
राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोक्नु भएको हो ।उहाँले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।
सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ । संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गर्नु भएको हो ।
सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो ।
सम्बन्धित खवर
भर्खर
-
२० मिनेट अगाडिनेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिट फे...
-
३८ मिनेट अगाडिआइतबार ९४.९२ अंकले बढेको सेयर बजारको वृद्धि एक दिन...
-
५७ मिनेट अगाडिजनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्द...
-
१ घण्टा अगाडिएमाले सांसदले गरे राष्ट्रियसभाको बैठक बहिस्कार
-
१ घण्टा अगाडिजापानमा गर्मी बढ्यो, तातो हावाले असर गर्न सक्ने
-
२ घण्टा अगाडिसंविधान र कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत...