
राम घिसिङको "भाषणकला" पुस्तक सार्वजनिक


काठमाडाैँ। शिक्षक एवं लेखक,सम्पादक,सङ्कलक राम घिसिङ द्वार लेखिएको "भाषणकला" पुस्तक न्यु होराइजन पब्लिसर एन्ड डिस्ट्रीब्युटर बाट सार्वजनिक भएको छ।
यस अघि घिसिङले पहिलो कृति "तामाङ साहित्यको सर्वेक्षण" प्रकाशनमा ल्याइसकेका छन् । उक्त कृतिले पाठक माझ राम्रो छाप छोड्न सफल भए पछि घिसिङको "भाषणकला" दोस्रो पुस्तक हो।
वर्णन मिडिया संवाददाता संग कुरा गर्दै,घिसिङले भने "यस पुस्तकमा १३ वटा शिर्षकमा भाषण कलामा आवश्यक पर्ने विषयबस्तु राखिएको छ।यस पुस्तकले भाषणकलाको सौद्वान्तिक अध्यन र व्यावहारिक अभ्यास गर्दा उत्सुक जोसुकै व्यक्तिलाई एक सफल वक्ता बन्न मद्दत पुग्ने बिश्वास लिएको छुू।" घिसिङले भनेका छन।
सार्वजनिक कार्यक्रम होस् वा पारिवारिक जीवनमा,प्रभावकारी वाचनकला नितान्त आवश्यक कुरा हो । यहि कुरालाई केन्द्रित गरी लेखिएको पुस्तक भाषणकाला हो। आफ्नो ब्यक्तित्व, कृतित्व र कलालाई अरु समक्ष पुर्याएर आफूलाई चिनाउने वाक् कला ब्यक्तिको एक प्रतिभा हो ।
विश्वमा समायोजन हुन मनिसहरुलाई खुसी पार्न,आफ्नो क्षमता बेच्न, मीठो वाककला,मृदुभाषीको जरुरी हुन्छ । ब्याक्तित्व बिकास गर्न चाहने हरुको लागि यो किताब धेरै नै उपयोगी छ । नेपालीमा त उखानै छ । बोल्ने को पिठो बिक्छ, नबोल्नेको चामल समेत बिक्दैन वा बोल्नेको लसुन बिक्छ नबोल्नेको सुन पनि बिक्दैन् । भने जस्तैे राम्रो बक्ताले आफ्नो भाषण कै माध्यमबाट श्रोता तथा कार्यकर्ता निर्माण गर्न, मित्रता र सम्बन्धहरु बिकास गर्न यस पुस्तकले पाठकहरुलाइ महत्वपुर्ण शिक्षा दिने छ। घिसिङले भने,
साथै यस पुस्तक मा भाषणको तयारी शिर्षकमा भाषण लेखन उपशिर्षकमा राखिएको 'मेरो एउटा मार्गचित्र' भाषण छ । त्यसमा नेपालीलाई स्वाधीन,समृद्ध,स्वच्छ र शक्त्तिशाली राष्ट्र कसरि बनाउन सकिन्छ भन्ने विषय मैले राखेको छु। केही भाषणहरु शिर्षकमा राष्ट्रिय अन्तरास्ट्रिय स्तरका उत्कृष्ट भाषण राखिएका छन। त्यसबाट भाषणकलामा सफल बन्न पाठकहरुलाई अवस्य सहयोग पुग्नेमा मैले बिश्वास लिएको छु।घिसिङले वर्णन मिडिया संवाददातालाई बताए।
र अन्तिममा पाठकवृन्दले यो पुस्तक पढेर पुस्तकमा भएका कमि कमजोरी औँल्याई सल्लाह र सुझाव दिएर सहयोग गरि दिन पनि अनुरोध गरेका छन।
उक्त भषणकला पुस्तकले पाठक माझ राम्रो लोकप्रियता पाओस् हाम्रो पनि सुभकामना!!!