आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको नेप्से आज के होला ?
लगानीकर्ता सक्रिय हुँदा कारोबार रकम दैनिक बढ्दै, शेयर विश्लेषक भन्छन् ,अझै केही दिन बढ्छ लगानीगर्नुस्

काठमाडाैं आइतबार नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यस भन्दा अघि नेप्से फागुनको पहिलोहप्ता मात्र पुगेको थियो । लगानीकर्ताहरुले शेयर मूल्यमा लगानी बढाउँदा कारोबारमा रकम पनि बढेको हो ।नेप्से अझै केही दिन उच्चतम् विन्दुमा पुग्न सक्ने दाबी लगानीकर्ताहरुले गरेका छन् । एक विश्लेषका अनुसार, केही दिन बजार अझै बढ्ने र करेक्सनमा जाने बताए ।
आइतबार निर्जीवन बीमा कम्पनीले २ अर्ब २२ करोड ५१ लाख रुपैंयाको कारोबार गरेको छ । कारोबार रकम बढ्नुमा अन्य कम्पनीहरुले पनि हकप्रद सेयर जारी गर्न सक्ने कारणले नै बढेको एक ब्रोकरले बताए । ‘बजारमा हकप्रद जारी हुने होकि भन्ने आँकलनले नै अहिलेको बजार बढेको हो,अन्य कुनै त्यस्तो कारण छैन,’ ति ब्रोकरले भने ।
यस दिन नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेर २ हजार ६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको छ । यो विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो। यस अघि नेप्सेले गत फागुन ९ गते २ हजार ६ सय ४० दशमलव ३५ विन्दुमा पुगेको थियो । कारोबारमा आएका समूहका सूचक मध्ये निर्जीवन बीमा कम्पनी सबैभन्दा धेरै ३ दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यस्तै दोस्रो समूहको सूचक बढ्नेमा माइक्राे फाइनान्स रहेको छ । यस दिन समूहको ३ दशमलव ६६ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको सूचक ३ दशमलव ४१ प्रतिशतले बढेको छ भने अन्य, समूहको सूचक १ दशमलव १५ देखि सुन्य दशमलव ८१ प्रतिशतले बढेका छन् ।
पाँच उपसमूह र समूहको सूचक घटेका छन् । सबैभन्दा धेरै घट्ने सूचकमा ट्रेडिङ समूहको सूचक रहेको छ । यस समूहले ४ दशमलव ३९ प्रतिशतले घटेको छ । दोस्रो स्थानमा घट्नेमा लगानीगत समूह रहेको छ । यस समूहको सूचक २ दशमलव ३५ प्रतिशतले घटेको छ भने होटल समूह र म्युचलफण्ड उपसमूहकोे सूचक घटेका छन् ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ सय १२ कम्पनीले १ करोड ८१ लाख कित्ता ÷इकाई सेयर किनबेच गर्दा ९ अर्ब ६८ लाख रुपैंयाको सेयर कारोबार भएको छ ।
यस अघि विहिबार ७ अर्ब रुपैंयाको कारोबार भएको थियो । १६ फागुनमा ८ अर्ब २९ करोड कारोबार पश्चात् करिब त्यसको एक महिनापछि विहिबार ७ अर्ब हुदै यस दिन ९ अर्बको कारोबार भएको हो । लगानीकर्ताले विशेषगरी निर्जीवन बीमा कम्पनीमा लगानी बढाउँदा कारोबार रकम बढेको हो । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्फाइष्ट्रचर बैंक(निफ्रा ) रहेको छ । सो कम्पनीको ५ सय ८१ रुपैंयाको दरले ४७ करोड ५६ लाख रुपैंयाको सेयर किनबेच भएको हो । त्यस्तै दोस्रो सेयर किनबेच हुनेमा अपर तामाकोशी हाइड्रो पावर कम्पनी रहेको छ । सो कम्पनीले ८ सय ८२ रुपैंयाको दरले २८ करोड ४१ लाख रुपैंयाको सेयर किनबेच भएको छ ।
तेस्रो कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्सले यस दिन १५ सय १८ रुपैंयाको दरले २६ करोड ८२ लाख रुपैंयाको सेयर किनबेच भएको छ । आइतबार सातवटा कम्पनीले सकारात्मक सर्किट लेभवलमा कारोबार गरेका छन् । वमी माइक्रो फाइनान्स, जनरल इन्स्योरेन्स कम्पनी,राद्धि विद्युत कम्पनी, आइएमइ जनरल इन्स्योरेन्स, एनआइसी एसीया लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स, सन्जेन जलविद्युत कम्पनीले सकारात्मक सर्किट मूल्यमा कारोबार भएको हो । वमी माइक्रो फाइनान्सको १५ सय ८ रुपैंया , जनरल इन्स्योरेन्सको कम्पनीको ७ सय ९३ रुपैंयामा ,राद्धि विद्युत कम्पनीको ४ सय ४१ रुपैंयामा कारोबार भएको छ । त्यस्तै आइएमइ जनरल इन्स्योरेन्स १३ सय १३ रुपैंया, एनआइसी एसीया लघुवित्त वित्तीय संस्थाको ९ सय ६१ रुपैंया, सानिमा जनरल इन्स्योरेन्स ८ सय १९ रुपैंया र सन्जेन जलविद्युत कम्पनीको ४ सय २३ रुपैंयामा कारोबार भएको हो ।
त्यस्तै यस दिन साल्टट्रेड्रिङ कर्पोरेसनले सबैभन्दा धेरै गुमाएको छ । यस कम्पनीले ४ दशमलव ६३ प्रतिशतले घटेर १२ हजार ७ सय पुगेको छ । यस अघि यस कम्पनीको सेयर मूल्य १३ हजार ३ सय २० सम्म पुगेको थियो । दोस्रो घट्ने कम्पनीमा सर्पोट फाइक्रो फाइनान्स वित्तिय संस्था रहेको छ । यस दिन यस संस्थाले ४ दशमलव ६३ प्रतिशतले घटेर २३सय रुपैंया पुगेको छ । यस अघि यस संस्थाको २४ सय २४ रुपैंयामा कारोबार हुदै आएको थियो । तेस्रो सेयर घट्ने हाइड्रेइलेक्ट्रेसिटी कम्पनी रहेको छ । सो दिन यस कम्पनीले ४ दशमलव ०५ प्रतिशतले घटेर ४ सय २६ रुपैंयामा पुगेको छ । यस अघि कम्पनीको सेयर मूल्य ४ सय ४४ रुपैंया रहेको थियो । त्यसैगरी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ३ दशमलव ६८ प्रतिशतले घटेर २ हजार ६ सय १८ रुपैंया पुगेको छ । यस अघि यस संस्थाको २ हजार ८ सय ५० रुपैंया रहेको थियो ।