नेकपाको संसदीय दलमा प्रधानमन्त्री ओली बहुमतमा, ओलीको रणनीति फेरियो
आर्थिक चलखेल गरेर नेकपाका दुवैपक्ष सांसद तान्न रातभरी दौडधुपमा, यि हुन ओली पक्षमा खुलेका नेकपाका ८७ सांसद

काठमाडाैं । नेकपाका ओली पक्षीय नेताहरुले संसदीय दलमा बहुमत पुगेको दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेकपाको संसदीय दलमा बहुमत पुगेको दावी गरेका छन् । उनीहरुले ८७ सांसद आफ्नो पक्षमा रहेको भन्दै अव संसदीय दलमा पहिलो लडाईं दाहाल–नेपाल समूहसंग लड्ने जनाउ समेत दिएका छन् । ओली पक्षमा लागेका सांसदहरुको सूचि ‘वर्णन मिडिया’ ले हात पारेको छ ।
संसदीय दलको बैठक बसेमा पनि ओलीले आफू बहुमतमा रहेको देखाउने अवस्था बन्दै गएको छ । पहिल्यै बराबरीजस्तो रहेको ओली र उनी इतर समूहको शक्ति पछिल्ला दिनमा ओलीतिर थपिँदै गएको आकलन गरिँदैछ । कतिपय मन्त्री बनेर उनकै पक्षमा पुगेका छन् । कतिपय बाहिर मौन देखिन्छन् तर भित्री रुपमा भने ओलीलाई नै फाइदा पु¥याइरहेका छन् ।
प्रतिनिधिसभामा नेकपाका एक सय ७४ जना सांसदमध्ये एक जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटा दलका सदस्य हुँदैनन् । त्यसैले अहिले एक सय ७२ सांसद कायम छन् । यता दाहाल–नेपाल समूहले आफूसँग ९० भन्दा बढी सांसद भएको दावी गरेको गरिरहेका छन् । तर ओली पक्षले सांसद तानेका आशांक दाहाल–नेपाल पक्षका एक उच्च नेताले जानकारी दिएका छन् । नेकपामा अव पुनः बामदेव गौतम निर्णायक भएका छन् । कहिले यता र उता गरिरहेका गौतम संसद विघटनपछि भने कुनै पनि पक्षमा लागेका छ्रैनन । बरु पार्टी एकता गर्न भन्दै मौन बसेका छन् । नेकपामा वामदेव गौतम, उनकी पत्नी तथा सांसद तुलसी थापा र लालबाबु पण्डित कुनै पनि समूहमा लागेका छैनन । दुवै समूहको जोड यि तीन सांसद आफुतिर तान्न लागिपरेका छन् ।
संसदीय दलको बैठक बस्दा पनि ओलीले डराइहाल्नुपर्ने देखिँदैन । बैठक बसेर चुनाव नै हुने स्थिति आयो भने उनले आफ्नो सत्ता र शक्तिको प्रयोग गर्न सक्छन् ।जसले उनलाई थप बलियो बनाउन सक्छ । सांसद् किनबेचको चर्चा गर्नेमा ओली नै अगाडि छन् । त्यस्तो स्थितिमा उनले सोही तरिका अपनाउन सक्छन् ।
संसदीय दलको बैठक बस्ने अवस्था आए प्रचण्ड–माधव पक्षले उनैलाई नेतृत्व स्वीकार गरेको सन्देश दिने र सो पक्षका पछिल्लो समयका राजनीतिक गतिविधि स्वतः अस्वीकृत हुने भएकाले पनि ओलीलाई अतिरिक्त फाइदा पुग्ने छ। त्यसैले आफू संसदीय दलको बैठक नबोलाउने तर माग भएमा बैठक बोलाई फाइदा लिने ओलीको रणनीति देखिन्छ ।
संसदीय दलमा बहुमत पु¥याउन नसके दाहाल–नेपाल समूहले कांग्रेस र जसपासंग मिलेर ओली विरुद्ध अविस्वास प्रस्ताव दर्ताको तयारी गरिरहेका छन् । प्रतिनिधि सभा पुर्नस्र्थापना भएपछि सत्तारुढ नेकपाभित्रैको अंकगणितले प्रधानमन्त्री ओलीको भविश्य निर्धारण हुन्छ । ओलीलाई बहुमत पु¥याउन १३८ सांसद आवश्यक पर्छ ।
सरसर्ती हेर्दा संसद् पुर्नस्र्थापना नहुँदासम्म ओलीको विपक्षमा १८८ सांसद भएको हिसाब आउथ्यो । अब संसद् पुर्नस्र्थापनापछि हुने राजनीतिक दाउपेचले यो अंकगणित कता भारी पर्ने भन्ने निर्धारण गर्छ ।
२०७४ फगुन २७ गते संसद्मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिएका थिए । त्यहाँ कुल सांसद संख्या २७५ थियो । जसमध्ये प्रधानमन्त्री ओलीले २०८ जना सांसदबाट विश्वासको मत पाएका थिए । त्यो बेला ओलीलाई तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी विश्वासको मत दिएका थिए । प्रतिपक्ष दलमा त्यो बेला नेपाली कांग्रेस मात्रै थियो ।
तर, सरकारबाट बाहिरिएसँगै ०७६ पुस ८ गते समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएको थियो । समाजवादीले मात्र होइन, सरकारबाट पार्टीले पाएको आश्वासन पूरा नभएको भन्दै राजपाले त्योअघि नै समर्थन फिर्ता लिइसकेको थियो ।
दुवै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओली सरकारसँग सत्तारुढ नेकपाबाट १७४ जना र राष्ट्रिय जनमोर्चाबाट एक (दुर्गा पौडेल) राप्रपाको एक (राजेन्द्र लिङदेन), स्वतन्त्र एक (छक्कबहादुर लामा) गरी कुन १७७जनता सांसदको समर्थन बाँकी थियो । त्यसपछि सरकारको विपक्षमा भने प्रमुख प्रतिपक्ष दल कांग्रेसको ६३ (मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार निलम्वित) र समाजवादी र राजपाको एकतापछि (रेशम चौधरी निलम्बित) र नेमकिपा एक (प्रेम सुवाल) गरी कुल ९८ सांसद् छन् ।
अहिलेसम्म एक सिट धारी नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले भने ओलीको कदमलाई समर्थन गरिरहेको छ । ०७४ फगुन २७ गते प्रधानमन्त्री ओलीले पहिलो पटक विश्वासको मत लिँदा भने यो पार्टी सरकारको विपक्षमा उभिएको थियो ।
प्रतिनिधि सभा विघटनपछि जनता समाजवादी पार्टी र कांग्रेसका ९८ सांसद् ओली सरकारको विपक्षमा नै छन् । त्यस्तै ओली सरकारलाई विश्वासको मत दिएका राष्ट्रिय जनमोर्चाका एक र राप्रपाका एक सांसदले भने ओलीको कदमलाई विरोध गरिरहेका छन् ।
यि हुन ओली पक्षमा खुलेका प्रतिनिधि सभाका नेकपाका ८७सांसद
१) केपी शर्मा ओली
२) ईश्वर पोखरेल
३) विष्णु पौडेल
४) सुवास चन्द्र नेम्वाङ्ग
५) बसन्त कुमार नेम्वाङ्ग
६) लाल प्रसाद साँवा
७) राजेन्द्र गौतम
८) राजेन्द्र राई
९) घनश्याम खतिवडा
१०) भानुभक्त ढकाल
११) बिशाल भट्टराई
१२) लिला नाथ श्रेष्ठ
१३) रघुविर महासेठ
१४) पार्वत गुरुङ्ग
१५) भुमि प्रसाद त्रिपाठी
१६) खेम प्रसाद लोहनी
१७) कृष्ण ब राई
१८) कृष्ण गोपाल श्रेष्ठ
१९) महेश बस्नेत
२०) नवराज सिलवाल
२१) गोकुल बास्कोटा
२२) कृष्ण प्रसाद दाहाल
२३) पाल्देन छोपाड गुरुङ्ग
२४) खगराज अधिकारी
२५) विद्या भट्टराई
२६) जगत बहादुर सुनार
२७) कृष्ण कुमार श्रेष्ठ
२८) केदार सिग्देल
२९) नारायण प्रसाद मरासीनी
३०) पद्मा कुमारी अर्याल
३१) तिलक ब महत
३२) प्रेम प्रसाद तुलाचन
३३) भुपेन्द्र ब थापा
३४) सुर्य प्रसाद पाठक
३५) पदम गिरि
३६) प्रदिप ज्ञवाली
३७) छविलाल विश्वकार्मा
३८) दल बहादुर राना
३९) बृजेष कुमार गुप्ता
४०) नन्दलाल रोक्का क्षेत्री
४१) हृदेश त्रिपाठि
४२) रविन्द्र राज सर्मा
४३) नवराज राउत
४४) लाल ब थापा
४५) प्रेम आले
४६) नारदमुनि राना
४७) गणेश सिं ठगुन्ना
४८) दामोदर भण्डारी
४९) नर ब धामी
५०) भैरव ब सिंह
५१) विजय सुब्बा
५२) मोहन बानिया
५३) मोतिलाल दुगड
५४) थम माया थापा
५५) डा. शिवमाया तुम्बाहम्फे
५६) सुजिता साक्य
५७) विना श्रेष्ठ
५८) नविना लामा
५९) शान्तिमाया पाख्रिन
६०)कुमारी मेचे
६१) राधा कु ज्ञवाली
६२) विन्दा पाण्डे
६३) गोमा देवकोटा
६४) निरु देवि पाल
६५) मनकुमारी जिसि
६६) विष्णु शर्मा
६७) सरिता न्यौपाने
६८) मैना कुमारी भण्डारी
६९) तिर्था गौतम
७०) शान्ता चौधरी
७१) विमला विश्वकर्मा (बर्दिया)
७२) आशाकुमारी विक
७३) जुलि कु महोतो
७४) रेखा कु झा
७५) सरीता कु गिरी
७६) टोप ब रायामाझी
७७) लेख राज भट्ट
७८) प्रभु साह
७९) गौरी संखर चौधरी
८०) शेर बहादुर तामाङ्ग
८१) यज्ञ बोगटी
८२) रामविर मानन्धर
८३) धन ब बुढा
८४) माया न्यौपाने ज्ञवाली
८५) बिमला बि क (झापा)
८६) गोपाल बम
८७) गंगा चौधरी