अदालतले सही फैसला गर्नेमा दाहाल विश्वस्त

काठमाडाैं । नेकपाकाे प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
तिलकराज भण्डारीले सम्पादन गरेको 'जनयुद्धको हस्ताक्षर' पुस्तककाे मंगलबार राजधानीमा आयोजित कार्यक्रममा विमाेचन गर्दै अध्यक्ष दाहालले आफूहरू शान्तिपूर्ण युद्धमा भएपनि अदालतप्रति विश्वास रहेको उनको भनाइ थियाे ।५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको भन्दै दाहालले अदालतले सही फैसला गर्छ भन्ने विश्वास व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मुलुक र संविधान विघटन र बिसर्जन गर्ने बाटोमा लागेको भन्दै दाहालले त्यसमा आफूहरू सफल हुने बताए ।प्रतिनिधिसभा विघटनको मुद्दामाथिको सुनुवाइ हुँनै लाग्दा दाहालको याे धारणा सार्वजनिक भएको हाे ।जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेकाे युद्ध जित्नुपर्ने उनकाे भनाइ थियाे ।