मौन बसेका बामदेव गौतमको अबको बाटो कता ?

काठमाडौं ।संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी विभाजन भएर एक अर्काको तल्लोस्तरसम्मको गाली गलौजमा उत्रिदाँसम्म नेपाल कम्युनिष्ट पार्टी भित्रकै एक प्रभावशाली नेता बामदेव गौतम भने मौन साधेर बसेका छन् ।
कुनैबेला पूर्व एमाले र पूर्वमाओवादी पार्टीलाई एकताको सुत्रमा बाध्न सफल भएका गौतम अहिले भने मौन साधेर बस्नुलाई निकै रहस्यपूर्ण तरिकाले हेरिएको छ ।उनले १४ माघमा पत्रकारसम्मेलन गरेर अहिले विभाजनमा रहेका प्रचण्ड नेपाल समूह र ओली पक्षलाई फेरि एकताको सुत्रमा बाध्न सकिने कसरतमा लागेका छन् ।
तर, अहिलेको अवस्थामा प्रचण्ड नेपाल समूह र ओली पक्ष नेताहरु पार्टी एकतातर्फ दुबै राजनीतिकर्मी जानसक्ने मनशायमा रहेका देखिदैनन्। स्रोतका अनुसार उनी अहिले सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेका देखिन्छन् । अदालति निर्णयलाई स्विकार गरेर अघि बढुन सक्ने अवधारणा गौतमले साँधेका उनी निकट एक नेता बताउँछन् ।
दुईतिरै तानातानमा गौतम
अहिले निकै मौन साँधेर बसेका गौतम भने दुईतिरकै कुर्सी खाली राखिएदिएका छन् । उनलाई अहिले जता गएर बसेपनि उस्तै हुने छ ।
यता प्रचण्ड नेपाल समूहले पनि बामदेव आफूतर्फ आउँदा निकै सहज पाउँछन् दरिलो बहुमत थप बलियो हुने छ भने सहअध्यक्षको अफर पनि नेपाल समूहले गरेर गौतमलाई आफूकेन्द्रित गर्न खोजिरहेका छन् ।
तर ओलीले अहिले सरकारको नेतृत्व गरेका छन् । ओलीले गौतमलाई आगामि चुनाबको नेतृत्व समाल्न सक्नेगरी गृहमन्त्रीको अफर दिएका छन् । गौतम स्रँोतका अनुसार उनले आगामि चुनाबपछि गौतमलाई प्रधानमन्त्री बनाउने जिम्मा पनि ओलीले प्रस्ताव गरेका थिए । तर , ओली अहिले जे हुन्छ संसदको फैसला आउनुपर्ने निर्णयको बन्दीमा बसेका छन् ।
गौतमको यस्तो रणनीति
गौतमको सामू अहिले दुईवटा विकल्प रहेको छ । पहिलो विकल्प भनेको उनी अहिले विभाजन भएको कुनै एकदलसँग मिल्न पर्ने दबाब छ । अर्केो उनले प्रचण्ड र नेपाल समूह दुबैलाई समार्थन नगरी नयाँ पार्टीको खोल्ने र आफ्ना हिसाबले चु्नावमा जाने ।
स्रोतका अनुसार गौतम अहिले प्रचण्ड नेपाल समूहसँग जान सक्ने संम्भावना रहेको छ । तर, उनी ओलीलाई पनि चिड्याएर जान सक्दैनन् । त्यसकारण उनी संसद पुर्नस्थापनाको पक्षमा छन् । संसद फर्किएको अवस्थामा ओली स्वत सरकारबाट बाहिरने छन् । तर गौतम जसरी हुन्छ दुबै पार्टीलाई पुन एकिकरणको दौरानमा लागेका छन् । दुइ पार्टी दुईतिर हुँदा गौतमलाई पनि अबको बाटो कता भन्ने अन्योल सिर्जना भएको छ । उनी स्वयम्मा भएको अलमलले अहिलेको नेपाल कम्युनिष्ट पार्टी भित्रलाई निकै प्रभाव पार्ने देखिन्छ ।