नेकपा दाहाल–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंग्यायो

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समुहले देशका ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि विभाजित दाहाल नेपालले दुई महिना लामो कसरतपछि जिल्लाका अध्यक्ष र सचिव छानेको हो।
दाहाल-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्। दाहाल-नेपालले गरेको बाँडफाँट अनुसार पूर्व माओवादी पक्षले ३५ जिल्लामा र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व लिएका छन्। दाहाल-नेपालले आइतवार मात्रै पार्टीको सङ्गठनात्मक संरचना आधा आधा भागबण्डा लगाएका थिए। अब दाहाल नेपालले जिल्ला इन्चार्ज र सह इन्चार्ज चयन गर्नेछन्।
दाहाल-नेपालले अन्य ९ जिल्लामा विवादका कारण नेतृत्व टुंग्याउन सकेका छैनन्। यी जिल्लाको पनि विवाद मिलाएर नेतृत्व टुङ्ग्याउने तयारी दाहाल नेपालले गरेका छन्।
कुन जिल्लामा कसको नेतृत्व?