प्रतिपक्षलाई सत्ता सुम्पेर चुनावी अभियानमा होमिन तयार भएका प्रचण्ड नेपाल समूह

काठमाडाै ।नेपाल कम्युनिष्ट पार्टीले पाँचवर्ष एकलौटी सरकार संचालनको जिम्मा पाएको भएको भए पनि कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एक भएका नेपाल कम्युनिष्ट पार्टी अहिले दुइ भएका छन् । ( प्रचण्ड – नेपाल समूह र ओली समूह)मा विभाजन भएका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरिदिएपछि नेपाली राजनीतिमा अहिले नयाँ मोड सिर्जना भएको हो । विचारधिन अवस्थामा संसद विघटनको मुद्दा अहिले सर्वोच्च अदातलमा फैसलाको अन्तिम चरणमा रहेको छ । अन्तिम चरणमा रहेको सर्वोच्च अदालतको र्फैसलाले अहिलेको राजनीतिलाई निकै फरक पार्ने देखिएको छ । यता प्रचण्ड– नेपाल समूह भने सरकारमा गएर प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहकार्य गरेर कांग्रेसलाई सत्ता संचालनको बागडोर समाल्ने नितिमा छ । स्रोतका अनुसार संसद फर्किएमा कांग्रेस सरकारमा जानका लागि तयारी अवस्था छ ।
यसका लागि सबैभन्दा लालायति शेरवहादुर देउवा बनेको छन् । संसद पुर्नत्थापन भएको खण्डमा कांग्रेस सरकारमा जाने वा नजाने भन्ने अझै औपचारिक रुपमा टुंगोमा पुगिसकेको त छैन तर, कांग्रेसका एकथरी खेमा भने चुनाब र अर्को खेमा पुर्नत्थापनसँगै अर्को दुईवर्षै आन्दोलन र प्रतिपक्षमा जाने तयारीमा रहेको छ ।
देउवालाई जे भए पनि फाइदा तर, पौडेल मारमा
नेपाली कांग्रेसका सभापतिमा विराजमान छन् देउवा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सबैभन्दा पुकलित भएका मध्ये एक पात्र हुन् देउवा उनै देउवालाई संसद विघटीत अवस्थामा गएर चुनावमा गए पनि देउवालाई सत्ता बागडोरको हात लाग्ने नै अहिलेको राजनीतिले निश्चित नै गरेको छ । तर, सबैभन्दा धेरै घाटामा निराश भएका एक खेमा पात्र हुन् रामचन्द्र पौडेल ।
अहिले पौडेल संसद व्युंतिनसपर्ने भन्दै अडानमा जानु भनेको कांग्रेसमा हुने महाधिवेशन हो । यस्तो बेलामा संसद विघटन भएको छ कि चुनावमा जाँदा महाधिवेशन हुन सक्दैन । संसद व्युंतिएको खण्डमा महाधिवेशन गर्न देउवालाई करै लाग्छ ।
पौडेल सभापतिका लागि फेरि उठ्ने मनशायमा छन् । सरकार अहिले चुनाबमा गयो भने कांग्रेसले केही हदसमम बहुमत ल्याउन सक्ने छ । चुनाबबाट बहुमत ल्याउने वित्तिकै कांग्रेस सभापति देउवाको नेतृत्वामा चुनाब भएपछि देउवाले आफ्ना खेमा रहेकालाई चुनाबी टिकट दिन सक्ने छन् ।
त्यस्तो अवस्थामा पौडेलको भन्दा देउवको पक्षमा जनमत उठ्न सक्ने छ । जसले चुनाब अघि वा चुनाबपछि पनि देउवा बलियो हुने छन् । आगामि महाधिवेशनमा देउवाले फेरिपनि जित्न सक्ने छन् । त्यस कारण पौडेल संसद विघटन भएपछि पनि पौडेल सरकारमा नजाने आन्दोलनमा जाने बताएका छन् । तर यहिबीचमा अहिले देउवाभन्दा बढी चिन्ता पौडेलमा देखिएको छ ।