“अस्ट्रेलियाका समाचार प्रसारण नगर्दा फेसबुक पछि पछुताउनुपर्ने’

सनफ्रान्सिस्को । राजस्व बाँडफाँटबारे अस्ट्रेलिया सरकार र सामाजिक सञ्जाल फेसबुकबिच विवाद बढेको छ । फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई सामाचारबाट वञ्चित गराएकामा विवाद झांगिदै गएको छ । लामो समयदेखि अमेरिका, भारतलगायत धेरै देशहरूमा फेसबुकसँग कार्सेट जस्तो विवाद रहे पनि अहिले मुद्दा प्रतिरक्षा मोडमा पुगेको छ । फेसबुकमाथि घृणायुक्त कुराकानी बढाउने, प्रजातन्त्रलाई हानि पुर्याउने, गोपनीयता काननको उल्लंघन गर्ने आदि आरोप लगाइएको छ ।
अस्ट्रेलियामा समाचार प्रसारण गरेपछि प्रकाशकहरूलाई रकम तिर्नुपर्ने कानुनी व्यवस्था गरिएपछि फेसबुकले यसको विरोध गर्दै समाचारको प्रसारण बन्द गरेको हो । यस अवस्थाबाट उम्कन फेसबुकले समाचार प्रसारण नगर्ने निर्णय गरेको छ । संसारभरका मिडियाविज्ञहरूले फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गको निर्णय अमश्चर्यजनक भएको जनाएका छन् ।
सामाजिक मिडियाविज्ञ एवं सिराकुज विश्वविद्यालयका प्राध्यापक जेनिफर ग्रिगले जुकरबर्गको यो एकल निर्णयले कसरी समाचारमा अवरोध हुन सक्छ भनेर पुष्टि गरेको बताउँछन् । ग्रिगले कुनै पनि कम्पनीले पत्रकारिताको पहुँचमा नकारात्मक प्रभाव पार्न नहुने बताउँछन् । अस्ट्रेलियाका जनताले अब फेसबुकमा समाचार लिंकहरू प्राप्त गर्न सक्ने छैनन् ।
सिडनी मर्निङ हेराल्डजस्ता अस्ट्रेलियाली समाचार स्रोतका लिंक अस्ट्रेलिया बाहिरबाट पाउन सकिने छैन । फेसबुकले अस्ट्रेलियाको नयाँ कानुनले प्रकाशकहरूका समाचार विश्वव्यापी रूपमा प्रसारणमा आफ्नो योगदानको बेवास्ता गरेको आरोप लगाएको छ ।
प्रविधि एवं मिडिया विज्ञहरूले यस विषयमा गम्भीर प्रश्न उठाएका छन् । विश्वव्यापी वेबका आविष्कारक बेलायती कम्प्युटर वैज्ञानिक तिमोथी बर्नर्स लीले जनवरीमै अस्ट्रेलियाली संसदीय समितिलाई सधैं स्वतन्त्र र निःशुल्क लिंकहरूले भुक्तानी गर्नुपर्ने निर्णयले इन्टरनेट अवरुद्ध हुन सक्ने बताएका थिए । प्राविधिक कम्पनीहरू, अस्ट्रेलिया सरकार र देशका संचार संस्थाबिच नयाँ कानुनबारे अझै पनि छलफल जारी छ ।
फेसबुकले अस्ट्रेलियाका प्रसारण नर्गे सम्बन्धमा कुनै चेतावनी नदिएकाले यससँग कुनै मतलव नभएकाहरूले पनि समस्या भोग्नुपरेको छ ।
फेसबुक प्रवक्ता मारी मेल्गुइजोले भने, “कानुनले समाचार सामग्रीको परिभाषामा स्पष्ट जानकारी प्रदान गर्दैन । हामीले कानुनको मस्यौदा तयार पार्दा विस्तृत रूपमा छलफल गरेका थियौं ।’ “नोट्रे डेम आईबिएम टेक्नोलोजी इथिक्स ल्याबका निर्देशक एलिजाबेथ रेनिरिसले भने, ’कानुनमा समस्या भए पनि फेसबुकको प्रतिक्रियालाई उचित ठहराउन सकिँदैन । फेसबुकले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।’ एपी