खोप अभियानमा ज्येष्ठ नागरिकलाई प्राथमिकता देऊ

काठमाडौँ । कोभिड-१९ विरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकहरूमाथि उपेक्षा गरेको भन्दै साझा पार्टीले खेद यक्त गरेको छ।
साझा ज्येष्ठ नागरिक संगठनले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दु:खद र दुर्भाग्यपूर्ण भनेको छ ।
‘विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको छ’,
संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न साझा ज्येष्ठ नागरिक संगठन सरकारसँग जोडदार माग गर्दछ।’