अब सामसङका केही स्मार्टफोन अपडेट नहुने

काठमाडौँ । सामसङले आफ्ना स्मार्टफोनका सफ्टवेयरको समयमै अपडेट गर्ने प्रक्रियामा सुधार गरेको छ । गत वर्ष कम्पनीले आफ्ना अधिकांश स्मार्टफोनहरुका लागि कम्तीमा तीन वर्ष अपरेटिङ सिस्टम अपडेट उपलब्ध गराउने बताएको थियो । हाल सामसङले आफ्ना उपकरणहरुको सूची अपडेट गरेको छ । यससँगै धेरै स्मार्टफोनलाई अपडेट हुने सूचीबाट हटाइएको छ ।
एन्ड्रोइड पोलिसीको एक रिपोर्टका अनुसार कम्पनीले अब सामसङ ग्यालेक्सी ए फाइभ २०१७, ग्यालेक्सी ए थ्री २०१७, ग्यालेक्सी ए सेभेन २०१७ र सामसङ ग्यालेक्सी जे ३ पपका लागि कुनै अपडेट सुविधा नरहेको उल्लेख छ । रिपोर्टमा ग्यालेक्सी फोल्ड जी पनि अपडेट उपलब्ध नहुनेको सूचीमा राखिएको छ । यद्यपि सामसङको आधिकारिक वेबसाइटमा फोल्ड गर्न योग्य फोनहरू मासिक सुरक्षा अपडेटहरू प्राप्त हुने मोडलको सूचीमा राखिएका छन् ।
रिपोर्टका अनुसार सामसङले ग्यालेक्सी ए एट २०१८ स्मार्टफोनलाई मासिक अपडेटबाट त्रैमासिक अपडेटमा ल्याएको छ । यस बाहेक ग्यालेक्सी ए एट एसलाई अर्कै नियमित अपडेटमा समावेश गरिएको छ । सामसङका हालका फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ ं र ग्यालक्सी एस २१ं अल्ट्रा मासिक अपडेटमा सारिएका छन् । त्यसैगरी सामसङ ग्यालेक्सी ए ०२ र सामसङ ग्यालेक्सी एम १२ त्रैमासिक अपडेटको सूचीमा परेका छन् ।
रिपोर्टका अनुसार सामसङ ग्यालेक्सी ए एट २०१८ स्मार्टफोन मासिक अपडेटबाट त्रैमासिक एवं ग्यालेक्सी ए ८एसहरू नियमित अपडेटमा सारिएको छ । सामसङ एसका हालका फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ ं र ग्यालक्सी एस २१ ं अल्ट्रा मासिक अपडेटमा सारिएका छन् । त्यस्तै ग्यालेक्सी ए०२ र सामसङ ग्यालेक्सी एम १२ त्रैमासिक अपडेटको सूची परेका छन् ।