संसदलाई पाँच वर्षको जागिर ठान्नेहरु नै हुन् विरोध गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरतालाई भत्काएर अस्थिरता निम्त्याउने प्रयास भएकाले आफुले जनतामा जाने निर्णय गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जादा संबिधान विरोधी काम नहुने तर्क समेत गरे।
प्रधानमन्त्री ओलीले संसदलाई पाँच बर्षको जागिर ठान्नेहरुले अहिलेको कदमको विरोध गरेको आरोप लगाए । अब निर्वाचनबाट नै को सहि र को गलत भन्ने निर्णय हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा ध्यानकेन्द्रित गर्न सबैलाई आग्रह गरे ।
ओलीले देशमा सुशासन कायम गर्नु र विकास गर्नु नै सरकारको काम रहेको जिकिर गरे ।
देशमा ठूला–ठूला नेताले बाटो बिराउँदा पार्टीका केही अपांगता भएका नेताले जोगाएको उहाको भनाइ थियो। आफ्नो मिर्गौला फेल भएर प्रत्यारोपण गरेको प्रसंग सुनाउने उहाले त्यस अर्थमा आफू पनि अपांग भएको बताए ।प्रधानमन्त्री ओलीले बालबालिका मुक्त सडक बनाइएको दाबी पनि गरे ।