कांग्रेसमा रामचन्द्र पौडेलको सक्रियताः सक्लान् त राजनीतिक गतिरोधको सही निकास दिन ?

काठमाडाैँ। विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले विभाजित मानसिकता लिएर उभिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनलाई जोड दिइरहेका छन् ।
उनी प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भने पनि संसद् पुस्थापनाको पक्षमा छन् । उनी सर्वोच्चले संसद् पुनस्थापना नगरेर निर्वाचनकै पक्षमा फैसला गर्छ भन्ने विश्वासमा छन् । त्यसैले देउवाले भनिरहेका छन् नेपाली कांग्रेसले अदालतको फैसलालाई मानेर अघि बढ्छ । उता रामचन्द्र पौडेलले युवा नेताहरूको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोनका लागि सडकमा उत्रनुपर्छ भनिरहेका छन् । अहिले उनको सक्रियता बढ्दै गएको छ ।
पूर्वमहमन्त्री कृष्ण सिटौला, प्रकाशमान सिंह, शेखर कोइरालादेखि गगन थापालगायतका नेताहरू प्रधानमन्त्री केपी ओलीको संसद् विघटनलाई असंवैधानिक भनिरहेका छन् । उनीहरूले चुनावभन्दा असंवैधानिक कदम सच्याउनु महत्वपूर्ण हो भनिरहेका छन् । पछिल्लो समय नेता रामचन्द्र पौडेलको सक्रियता त बढेको छ तर अहिलेको राजनीतिक गतिरोधको निकाश दिन सक्ने क्षमता उनमा छ ? अहिलेको अहम् प्रश्न हो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रसले प्रदेशमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताउँदै आएका छन् । उनले असंवैधानिक कदम चाल्ने ओलीको पक्षमा कांग्रेस उभिन नसक्ने दाबी गरेका छन् । १ नम्बर प्रदेश र वाग्मती प्रदेश सभामा नेकपाको अर्को समूह दाहाल–नेपालको पक्षमा उभिने आसय व्यक्त गरेका छन् । पौडेलले मोरङको कार्यक्रममा असंवैधानिक कदम चाल्ने ओलीमाथि औंला ठड्याउने विपक्षी दल चाहिएको बताएका छन् । कांग्रेसमा ठूलो संख्याका युवा नेताहरू आन्दोलनको पक्षमा भएकाले पनि पौडेल उत्साहित बन्न पुगेका हुन् । उता सभापति शेरबहादुर देउवा भने अप्ठ्यारोमा परेका छन् ।
कांग्रेसभित्र प्रतिनिधिसभा पुनस्थापनाको पक्षमा अधिकांश नेताहरू भएकाले कांग्रेस सभापति देउवालाई अप्ठ्यारो परेको हो । उनी १ नं प्रदेश र वाग्मती प्रदेशमा केपी ओलीलाई सघाउने पक्षमा छन् । उनले आफ्नो नीति कसरी बलियो बनाउने भनेर कसरत त थालेका छन् तर उनी अल्पमतमा पर्ने स्पष्ट देखिएको छ । यही विषयमा महामन्त्री शशांक कोइरालालाई पटक–पटक भेटेर आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । शशांक पनि सुरुदेखि नै शेरबहादुर देउवालाई सहयोग गर्दै आए पनि अहिले भने खुलेर देउवाको पक्षमा उभिन हच्केका छन् । यी सबै अवस्थाले रामचन्द्र र्पाडेललाई उत्साहित बनाउन पुगेका हुन्।
अहिले कांग्रेसका अधिकांश युवा नेताहरू संसद् पुनस्थापनाको पक्षमा भएकाले रामचन्द्र पौडेललाई सरल वातावरण सिर्जना भएको हो । कांग्रेस संसद् पुनस्थापनाको पक्षमा गएर मात्रै अहिलेको राजनीतिक गतिरोध सम्हालिन कठिन छ । सर्वोच्चले पुनस्थापनाको पक्षमा आदेश दियो भने त ठीकै छ विपक्षमा गर्यो भने कांग्रेसले कस्तो आन्दोलन गर्ने ? एक्लै कि ओलीको कदमको विरुद्धमा रहेका अरू सबै पार्टीलाई लिएर अघि बढ्ने ? चुनावको विपक्षमा रहने कांग्रेसका अधिकांश नेताहरूले कांग्रेसले एक्लै आन्दोलन गर्छ भनिरहेका छन् । ओली कदमको विरुद्धमा रहेका पार्टीहरूलाई संलग्न नगराई कांग्रेस मात्रै आन्दोलनमा जाँदा संविधानलाई पहिलेकै स्थानमा लैजान कठिन छ ।
यस्तो अवस्थामा कांग्रेसले सुझबुझपूर्ण निर्णय गर्नु अति आवश्यक हुनेछ । रामचन्द्र पौडेलले सबै शक्तिलाई समेटेर अहिलेको राजनीतिलाई दह्रो निर्णयका साथ अघि बढाएर टुंगोमा पुर्याउन ज्यादै कठिन छ । उनी अहिलेसम्मका राजनीतिक गरिरोध समाधनका मामिलामा सहभूमिका मात्रै खेल्दै आएका हुन्, मुख्य भूमिका खेलेर आएका होइनन् । अझ कांग्रेसमा अझै राम्रै पकड जामाउँदै आएका पार्टी सभापतिलाई परसारेर नेतृत्वदायी भूमिका खेल्न रामचन्द्रका लागि सजिलो छैन ।
कथंचित यसमा सफल भए भने राचन्द्रले सपना साँचेको पार्टीको नेतृत्वमा पुग्न पनि कठिन हुनेछैन । उनको सक्रियता कहाँसम्म पुग्ने हो समयले देखाउला ।