पुराना नोट पुनः विस्थापन गर्दै आरबिआई

नयाँदिल्ली– भारतीय रिजर्व बैंक ९आरबिआई० ले १००, १० र ५ रुपैयाँको पुरानो सिरिजका नोटहरू बन्द गर्ने योजना बनाएको आरबिआईका सहायक महाप्रबन्धक बिबी महेशले बताएका छन् ।
बैंगलोरमा जिल्लास्तरीय सुरक्षा समिति र जिल्लास्तरीय मुद्रा प्रबन्धन समितिको बैठकमा सहायक महाप्रबन्धक महेशले आरबीआई यी नोटहरू मार्च(अप्रिलदेखि प्रचलनबाट हटाउने योजनामा रहेको बताएका हुन् ।कार्यक्रममा बोल्दै महेशले भने, ‘निष्कासनको १५ वर्षपछि पनि व्यापारी र सर्वसाधारणले १० रुपैयाँको सिक्का स्वीकार गरेका नगरेकाले यी सिक्का बैंक र आरबिआईको समस्या बनेका छन् ।’ सन् २०१९ मा आरबिआई हल्का बैजनी रङका १०० रूपैयाँ दरका नोट जारी गर्यो । यस नोटको पछाडि रानीकी भाभको तस्बिर छ ।
यो गुजरातको पाटनमा सरस्वती नदीको किनारमा अवस्थित एउटा पाइला हो । नयाँ नोट जारी गर्ने क्रममा आरबिआईले १०० रुपैयाँ दरका सबै किसिमका नोट चलनमा रहने बताएको थियो ।प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्बर २०१६ मा देशमा नोटाबन्दीको घोषणा गरेर तत्काल प्रचलनमा रहेका १००० र ५०० रुपैयाँ दरका सबै नोटहरू बन्द गराएका थिए ।
भास्करका अनुसार नोटबन्दीपछि हालसम्म आरबिआईले विभिन्न मूल्यका सात किसिमका नोट जारी गरिसकेको छ । तीनमा २०००, ५००, २००, १००, ५०, २० र १० रुपैयाँ दरका बैंक नोटहरू छन् । यी सबै महात्मा गान्धी सिरिजका बैंक नोटहरू हुन् । सबै नोटहरूको पछाडि ऐतिहासिक स्थानहरूका चित्र राखिएका छन् ।
यसअघिको नोटबन्दीका कारण कयौँ नेपाली सर्वसाधारणसहित बैंकमा रहेका भारतीय नोट नसाटिएको विदितै छ । त्यसैले यस पटक नेपाल राष्ट्र बैंक र नागरिक पनि समयमै चनाखो हुनुपर्छ । नत्र अघिल्लो नोटबन्दीपछि झैँ यसपालि पनि घाटा सहनुपर्ने अवस्था आउन सक्छ ।