प्रतिनिधिसभा पुनर्स्थापना नहुने अवस्था आए हातमा दही जमाएर बस्दैनौं : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा पुनसर््थापनाका लागि संयुक्त रूपमा दलहरू आन्दोलनमा जानुपर्ने बताएका छन् ।
गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनले शक्ति प्रदर्शनले बाह्य चलखेल रोकिने र अदालतले पनि सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नहुने अवस्था र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले चेतावनी दिए।
उनले संविधानसभा अगाडि १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका पक्षधर कमजोर हुँदा अहिलेको अवस्था आएको दाबी गरे । अहिलेको घटनालाई सैवैधानिक हिसाब र राजनीतिक हिसाबले हेर्नुपर्ने उनको भनाई छ ।त्यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको झगडाको रिस केपी ओलीले राष्ट्रमाथि पोखेको बताए । उनले अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्ने धारणा राखे । त्यस्तै सिटौलाले बाध्यात्मक परिस्थितिमा मात्र संसद बिघटन हुने व्यवस्थामात्र संविधानमा रहेको तर्क गरे।त्यस्तै उनले निर्वाचनमा जान कांग्रेसले हतारो गर्न नहुने र असंवैधानिक कदमबिरुद्ध संघर्ष गर्नुपर्ने जिकिर गरे ।