नेपाल कम्युनिष्ट पार्टी र माधव कुमार नेपालको भविष्य !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा धेरै चित्त दुखेको नेपाल कम्युनिष्ट पार्टीका नेतामध्ये ( प्रचण्ड माधव नेपाल समूहका) अध्यक्ष माधव कुमार नेपालप्रति हो ।
यिनै माधव नेपाल अहिले भने प्रचण्ड माधव नेपाल समूहबाट अध्यक्षपदको जिम्मेवारीमा छन् । ओलीको आफ्नो समूह खडा गरेका छन् । बहुमतको आधारमा प्रचण्ड र नेपाल समूहको बलियो देखिन्छ । औपचारिक रुपमा पार्टी विभाजनसँगै अहिले विवाद भने चुनाव चिन्हमा छ । दुबै समूहले असली नेपाल कम्युनिष्ट पार्टी भन्दै दाबी गरेपछि यतिबेला चुनाब चिन्ह निर्वाचना आयोगमा विचाराधिन अवस्थामा रहेको छ ।
पूर्व एमालेको तर्फबाट माधव कुमार नेपाल,झलनाथ खनाल, लगायतको बरिष्ठ नेताहरु प्रचण्डको कित्तातिर लागेका छन् यसकोनेतृत्व अब भने नेपालले गर्ने छन् ।पूर्व माओवादीको केही नेता पनि ओलोको समूहमा लागेका छन् ।
चुनाबी तालमेलसँगै पार्टी एकता भएपछि ओलीले माधव कुमार नेपाललाई सबैभन्दा बढी उपेक्षा गरे । दुई नेता तत्कालीन पूर्व माओवादी र पूर्व एमालेका अध्यक्षद्धय केपी ओली र प्रचण्डबीचको आपसी समझदारीमा भयो त्यसबखत नै माधव नेपालले उनलाई उपेक्षाको दृष्टिविन्दुबाट हेर्न थाले । यतिसम्म कि बरियताको आधारमा पनि ओलीले नेपाललाई तेस्रो नम्बरमा झारिदिएका थिए ।
राजनीति विश्लेषक राजाराम पौडेल भन्छन्,‘ नेपाल कम्युनिष्ट पार्टी यहिबाट प्रष्ट थियो कि माधव नेपाललाई सँगै काँध हालेर हिड्नेबेलामा ओलीले साथ त्यतिबेलै छाडेका थिए । त्यसैको सानो खिल नै अहिले आएर ठुलो घाउ भएको बताउँछन् ।
ओलीको गल्ती यतिमात्र होइन पटकपटक प्रचण्डसँग सम्झौता र राष्ट्रवादको कार्डबाड्दै ओली सत्तामा बहुमत सहितको प्रधानमन्त्री भए । नेपाली जनताको नजरमा ओली नै प्रधानमन्त्री होस भन्ने अपेक्षालाई ध्यानमा राख्दै प्रचण्डले त्यति सम्झौता भने गरेका हुन् । तर न प्रचण्डपछि हट्ने चाहे न ओली हट्न चाहे यसै अन्तद्धन्दमा पार्टी विभाजनमा आइपुग्यो । माधव कुमार अहिले प्रचण्डको बलमा (प्रचण्ड नेपाल) समूहबाट अध्यक्ष बनेका हुन् । उनलाई रिजाउनका लागि भए पनि बाध्यात्म अवस्थामा नेपाललाइ अध्यक्ष बन्नका लागि कर लाग्दो अवस्था थियो । पार्टी एकतापछि प्रचण्ड बास्तबमा एक्लो महसुस गर्न थालेका थिए ।
पुल नै भत्काएर आएका प्रचण्डलाई जसरी पनि खोला तर्नु थियो त्यसैले माधव नेपाललाई डुङ्गा बनाएर पारी तर्न प्रचण्ड सफल भए र उनी लगभग अब पानीमा डुब्न नसक्ने किनारामा पुगेका छन् । अब उनी केही समय नेपाललाई राम्रै परिचालित गर्न थाल्ने छन् माधव नेपाललाई प्रचण्डले नराम्रोसँग लुटपुट्याउने छन् र उही किनारामा छाडेर प्रचण्ड अबको एकाधवर्षमा बाटो लागे भन्दा कुनै नौलो भने हुने छैन ।