व्यवसायिक योजना निर्माणकालागि सजिलो मोवाइल ‘विज सु्त्र’ एप

व्यवसायिक योजना निर्माणका सजिलो मोबाइल ‘विज सु्त्र’ एप आएको छ । नेपालको सन्दर्भमा साना तथा मझौला उद्यमीहरुले लक्ष्य अनुसारको सफल व्यवसाय संचालन गर्नकालागि धेरै खालक समस्याहरु भोगीरहेको अवस्थामा यस्तो किसिमको एप आएको हो । जसमध्ये व्यवहारिक र प्रभावकारी व्यवसायिक योजना निर्माण नहुनु पनि एक महत्वपुर्ण समस्याको रुपमा रहेको छ ।
व्यवसायिक योजना निर्माणका लागि श्रोत साधनको अभाव तथा सूचनाको कमी, समय वढि लाग्ने, बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचामा व्यावसायीक योजना तयार गर्न नसक्दा धेरैजसो व्यवसायीहरुले लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न सकेका छैनन्, साथै सरकारले प्रावधान गरेका विभिन्न सेवा तथा सुविधाबाट पनि बन्चित छन् । व्यवसायीका यीनै समस्या तथा आवश्यकताहरुलाई मध्यनजर गरि निड्स नेपाल प्रा.लि.ले डिजिटल प्रविधिमार्फत छिटो छरितोरुपमा व्यवसायिक योजना निर्माण गर्न ‘बिज सुक्र’ मोबाइल एपबाट तयार गरी बजारमा ल्याएको छ । यो एप स्मार्ट मोवाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । जसको प्रयोगगरि उद्यमको आकार हेरी आधा देखि दुइ घण्टा भित्रमा व्यवसायिक योजना तुरुन्तै निर्माण गर्न सकिन्छ ।
यस मोबाईल एपको प्रयोगबाट आफुले संचालन गर्न चाहेको नयाँ व्यवसाय वा संचालन भईराखेको व्यवसायकोे तथ्याङ्क तथा सुचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गरि तिनै तथ्याङ्क तथा सुचनाहरुको विश्लेषणको आधारमा एप मार्फतनै विशिष्ठ ढाँचामा व्यवसायिक योजना स्वतह निर्माण हुन्छ । जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तिय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतिहरु जस्ता महत्तवपूर्ण पक्षहरु समेटिएको छ ।
यसरी मोवाइल एपबाट प्रविष्ट गरिएका तथ्याङ्क तथा सूचनाहरुलाई निड्स नेपाल प्रा.लिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरुलाई भविश्यमा आवश्यकता अनुसार व्यवसायको तुलना गर्न तथा पुनरावलोकनको लागि प्रयोगमा ल्याउन सकिन्छ ।
यो मोवाइल एप नेपाली भाषामा तयार गरिएकोले प्रयोग गर्न सजिलो छ भने व्यवसायिक योजना निर्माण गर्ने विज्ञहरुको प्रतक्ष्य संलग्नतामा तयार गरिएकोे एप दर्जनौ उद्यमीहरुले प्रयोग तथा परिक्षण गरि अत्यन्तै रुचाईएको र माग पनि बढ्दै गईरहेको छ ।
‘विज सु्त्र’ एप का प्रयोगगरी सरल र सहजरुपमा कम समय र लागतमा व्यावसायीक योजना तयार गर्न सकिन्छ जुन व्यवसायिक योजनाले बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचालाई समेत समेटेको छ । अव व्यवसायिक योजना निर्माण गर्न लामो समय लाग्ने, बढि पैसा तिर्नु पर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमिहरु मात्र नभएर व्यवसायमा लगानि गर्न चाहने बैंक तथा वित्तिय सस्थाहरु, उद्यमी विकासकालागि सहयोग गर्ने विभिन्न सहयोगी संघ संस्थाहरु, परियोजना, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि लाभ पुग्ने कुरा निड्स नेपाल प्रा.लिका अध्यक्ष सगुन पुडासैनील बताए ।