भारतको हिमाचल र जम्मु कस्मिरमा अत्यधिक चिसो

नयाँदिल्ली भारतको हिमाचल प्रदेश र जम्मु कस्मिरसहित उत्तरी भागमा आइतबार हिमपातका कारण तापक्रम अत्यन्त तल झरेको छ । हिमाचलमा हिमपातपछि तापक्रम शून्यदेखि १० डिग्री सेल्सियसभन्दा तल रहेकाले चिसो बढेको छ । त्यस्तै जम्मु(कस्मिरमा शून्यलेखि ७ दशमलव ६ डिग्री सेल्सियस पुग्दा बेसरी जाडो भएको छ ।
मध्य प्रदेशसहित अन्य राज्यहरूमा बाक्लो कुहिरो लाग्नाले भिजिबिलिटी कम भएको छ । भारत मौसम विज्ञान विभाग ९आइएमडी ले आगामी तीन दिनभित्र उत्तर(पश्चिम भारतमा तापक्रम २ देखि ३ डिग्री सेल्सियससम्म घट्ने जनाएको छ । यस्तै आइतबार शिमलाको मौसम केन्द्रका निर्देशक मनमोहन सिंहले हिमाचल प्रदेशमा किन्नौर जिल्लाको कल्पा एवं कुल्लु जिल्लाको मनालीमा न्यूनतम तापक्रम क्रमशस् शून्यदेखि ४ दशमलव ६ र शून्यदेखि २ डिग्री सेल्सियसभन्दा तल मापन भएको बताए ।
डलहौजी र कुफरीमा न्यूनतम तापक्रम २ दशमलव १ डिग्री सेल्सियस मापन भएको छ । हिमाचलको बिलासपुरमा सर्वाधिक २२ डिग्री सेल्सियस तापक्रम पुगेको छ । त्यसैगरी जम्मु एवं कस्मिरको मौसम ज्यादै चिसो भएको छ । पर्यटक रिसोर्ट पहलगाममा न्यूनतम तापक्रम माइनसदेखि ३ दशमलव २ डिग्री मापन भएको छ । अधिकारीका अनुसार श्रीनगरको तापक्रम शून्य डिग्रीभन्दा कम मापन भयो । स्थानीय मौसम विभागका अनुसार डिसेम्बर २० सम्म मौसम सुक्खा रहनेछ । रातिमा तापक्रम अझ घट्ने सम्भावना रहेकाले बताउँदै मौसम अधिकारीहरूले कुपवाडा र बान्दीपोरा जिल्लाको माथिल्लो भागमा पहिरोको चेतावनी दिएका छन् ।
त्यस्तै पन्जाब, हरियाणा र चण्डीगढमा कुहिरो लागेको छ । लाइभ हिन्दुस्तानका अनुसार अमृतसर, लुधियाना, बठिन्डा, पठानकोट एवं भिवानीसमेत धेरै स्थानमा बिहान बाक्लो कुहिरो लागेको छ । अधिकांश स्थानमा रातिको तापक्रम सामान्यको हाराहारी नै थियो ।