सरकारमा जानेबारे मौन कांग्रेस, समर्थन कि विरोध

आइतबार नेपाली कांग्रेका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस कुनै पनि हालतमा सरकारमा नजाने र पाँचवर्षकै लागि प्रतिप्रक्षमा बस्ने बताए । यता युवा नेता गगन थापाको कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन, भलै उनी मौन छन् । ओली सरकारको खरो विरोधमा उत्रिने गरेका थापा पछिल्लो समय कोरोना भाइरस संक्रमित भएपछि बाहिर त्यति छाएका छैनन् । ढिलो चाँडो उनको प्रतिक्रिया आउने नै छ । सधै मौन बस्ने कांग्रेस यतिबेला भने चर्चामा आएको छ । नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढेपछि प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफुलाई साथ दिनुपर्ने धारणा राखेपछि अहिले नेपाल कम्युनिष्ट पार्टी भित्र जति चर्चा छ, नेपाली कांग्रेसमा पनि के कम्युनिष्ट फुटेमा कांग्रेस सरकारमा जाला त भन्ने बहस पुन सुरु भएको छ । हुन त अहिले कांग्रेसका धेरै प्रभावशाली नेता मौन छन् ।
बरु ढुङ्गो बोल्ला कांग्रेस सभापति शेरवाहादु्र देउवा अहिले मौन छन् । प्राय मौन बस्ने र भित्रभित्र रणनीतिक चाल चल्ने देउवाको शैली हो । केपी शर्मा ओलीसँग के कस्ता छलफल भए रु संवैधानिक नियुक्ती भागभण्डका लागि थियो कि अन्य विषयमा थियो उनले अहिलेसम्म जानकारी दिएका छैनन् । उनले सार्वजनिक रुपमा कुनै पनि सरकारमा जान सक्ने नजान सक्ने केही बोलेका छैनन् । जब उनी मौन बस्नु् भनेको उनको सर्मथन रहनु पनि हो यस कुरा देउवाका राजनीति जीवन बुझ्ने धेरैलाई थाहा भएकै कुरा हो ।
ज्योतिषको मनोविज्ञान र सभापति
शेरबहादु्र देउवाले नेपाल कम्युनिष्ट पार्टी भित्र चुनाबको गठबन्धन हुदै गर्दा एउटा गोप्य रहस्य खोले उनले ठट्यौली शैलीमा भने ‘ कम्युनिष्टहरुले फूर्ति नलगाए पनि हुन्छ , मलाई ज्योतिषले ६ पटकसम्म प्रधानमन्त्री हुने कुरा बताएका छन् । भलै उनी चौथोपटक प्रधानमन्त्रीको पद समालिसकेका छन् ।
अहिले जब नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद सुरु हुन्छ , देउवाको ज्ज्योतिषले भनेका कु्रा मिल्ने बताउँछन् । सभापति अहिले ज्योतिषले भनेका कुराहरुको लक्षण देख्न थालेपछि भने देउवा मौन बसेका हुन सक्छन् । केही कांग्रेस बाहेक भनेको जस्तोमन्त्रालय पाए, ओलीले देउवालाई पूर्ण अधिकार दिने हो भने देउवा पुरापु्र सरकारमा जाने सक्ने छन् ।
कांग्रेस निकट एक नेताका अनुसार नेम्बाङ र पोखरेल अहिले देउवालाई सहयोग मागि रहेका छन् । देउवाले हुन्छ भनेर मुन्टो हल्लाउन पनि सकेका छैनन् । किनभने अहिले नै सरकारमा जाँदा कांग्रेस नेपाली जनताको नजारमा पुरापुर गलत सावित हुनेछ सत्ताका लागि भोको ठहरिने छ । त्यसैले देउवा पार्टी भित्र र आगामी महाधिवेशनको अवस्थलाई निहाली रहेका छन् ।
प्रतिप्रक्षमा कमजोर सावित भएको कांग्रेसले ओलीसँग सति जाँदा ओलीको राजनीतिमा कुनै असर भने पर्दैन तर कांग्रेसले फेरि पनि हार्नेछ । अबका दुइवर्षपछि पुन चुनाव हुदैछ । चुनाव हुनभन्दा अघि कांग्रेसको महाधिवेशन नजिकिदै छ । देउवाको लागी यसपटक चुनावभन्दा पनि महाधिवेशनले धेरै अर्थ राख्छ । महाधिवेशन देउवाको लागि जित्न महाभारतबन्दै गएको छ । त्यसैले ज्योतिषले भनेको लाइन नै अहिले देउवालाई ठिक हो भन्ने छ । काठ रहे अग्रास पलाउँला नपलाउँला तर देउवाको लागि यो मौका उनी गुमाउन चाहादैनन् ।