
बुटवल कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बर्णन संवाददाता
२०७७ आश्विन २८, बुधबार ०८:४१:००
बुटवल - बुटवल कोरोना विशेष अस्पतालमा नवलपरासीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनवल नगरपालिका–४ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको बुटवल विशेष अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो ।
उनलाई श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उपचारको क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
सम्बन्धित खवर
भर्खर
-
८ मिनेट अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
३३ मिनेट अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
१ घण्टा अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
१ घण्टा अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
१ घण्टा अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
-
२ घण्टा अगाडि‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन