
भारतको उत्तर–पूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६

वर्णन संवाददाता
२०८० भाद्र ८, शुक्रबार ११:३४:००
काठमाडौं। भारतको उत्तर–पूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीका अनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो ।
मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तर–पश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।
मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका थिए । पुल भत्किनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । यस्तै, उनले पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गरेका थिए ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
१८ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
३७ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
५० मिनेट अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
१ घण्टा अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
१ घण्टा अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
२ घण्टा अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन