
डोटीमा वडाध्यक्ष जोशीको निधन

रासस
२०७९ मंसिर १५, बिहीबार ०७:५१:००
डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ ।
उहाँको हृदयघातका कारण निधन भएको हो । बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढल्नुभएको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।
उहाँको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताउनुभयो । जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
सम्बन्धित खवर
भर्खर
-
७ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
१२ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
२२ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
५२ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१ घण्टा अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन