
स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल नमस्ते, जय नेपाल र लाल सलाम भन्दै भाेट माग्दै


रूपन्देही । प्रतिनिधिसभामा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाइ कांग्रेस प्रदेशसभा उम्मेदवारले सहयाेग गर्ने भएकाे छ ।
निर्वाचन नजिकिँदै जाँदा भुसाल अहिले त्रिभुज चुनाव चिन्ह लिएर कांग्रेसका प्रदेश सभाका उम्मेदवारसँगै मत माग्दै घरदैलो गरिरहेका छन् । भुसालको मतदातासँग भोट माग्ने शैली यसपटक अलिक फरक छ । चुनावी कार्यक्रमहरुमा भुसालले नरम, शिष्ट र सभ्य भाषामा नमस्ते, जय नेपाल र लाल सलाम भनेर सम्बोधन गर्दै आएका छन् ।
कांग्रेसका प्रदेश सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक र विश्वनाथ यादवले साथ दिएका छन्। यादव १ को (क) र रज्जाक (ख) का उम्मेदवार हुन् ।
भुसाल अहिले आफू निकटका एमाले तथा गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने, परामर्श गर्ने र आमसभाहरु गरेर जनतासँग भोट माग्नमै व्यस्त छ । भुसाललाई अहिले कांग्रेससहितको सत्तारुढ पाँचदलीय गठबन्धनकाे साथ रहेकाे छ ।