सासूलाई कुटपिट गरी हत्या गरेर फरार बुहारी पक्राउ
वर्णन संवाददाता
२०७७ पुष १२, आईतवार २०:२६:००
बोक्सीको आरोपमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेका अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिनुभयो । बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवीलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन् । बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारका क्रममा मृत्यु भएको थियो । पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रवक्ता पौडेलले बताउनुभयो ।
सम्बन्धित खवर
२०७८ बैशाख ७, मंगलवार
कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप आजदेखि
२०७८ बैशाख ७, मंगलवार
बंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्तो छ नक्कली...
२०७८ बैशाख ७, मंगलवार
देउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
२०७८ बैशाख ७, मंगलवार
बङ्लादेशमा लकडाउनको म्याद फेरि थप
२०७८ बैशाख ७, मंगलवार
न्यायालयका प्रतिपक्षी बार किन निदाएका छन ?
२०७८ बैशाख ७, मंगलवार
कांग्रेसको नेतृत्वमा तत्काल सरकार गठन गर्न कठिन : सभापति दे...
भर्खर
-
३ मिनेट अगाडिकोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप आजदेखि
-
४३ मिनेट अगाडिबंगलादेश डाक्टर पढ्न जाने लोभले प्रहरी खोरमा, यस्त...
-
१ घण्टा अगाडिदेउवाको ‘डबल’ रोलले सत्ता समीकरण डामाडोल
-
२ घण्टा अगाडिप्रचन्ड र माधव नेपालका कारण नेकपा पार्टी विघटन भएक...
-
२ घण्टा अगाडिआइपिएलमा राजस्थानलाई चेन्नईले हरायो
-
३ घण्टा अगाडिबङ्लादेशमा लकडाउनको म्याद फेरि थप
लोकप्रिय
-
१ हप्ता अगाडिप्रचण्डले ओलीलाई अझै एक धक्का दिने, अन्तिम भर सभामुखको