संसद विघटन पछि बालुवाटार भर्सेस कार्की व्यांकेट

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि नेपाली राजनीतिमा फेरि एकपटक नयाँ मोड सिर्जना भएको छ। सिङ्गो रहेको नेपाल कम्ष्युनिष्ट पार्टी (नेकपा)को अहिले विभाजनको औपचारिक घोषणा हुनबाँकि रहेको छ ।
टुक्रिएको भनिएको नेपाल कम्युनिष्ट पार्टी समूहमा माधव नेपाल र पुष्पकमल दाहाल रहेका छन् भने ओली समूहमा रामवहादुर थापा बादल र लेखराज भट्ट सहभागि भएका छन् । प्रचण्ड माधव समूहले कार्की व्यांकेटमा बसेर आफ्नो गुटलाई आगामि रणनीतिको बारेमा परिक्षण दिइरहेको छन् भने ओली समूहले पनि बालुटार प्रदेशस्तरमा छलफलको कार्यलाई अगाडि बढाइरहेका छन् । यसरी हेर्दा लाग्छ बालुवाटार बबरमहलमा रहेको पार्टी प्यालेस देखिको छ ।
एकअर्कोमा दोषादोष प्रचण्ड माधव समूहले भृकुटीमण्डपमा बहृत विरोधमा ओलीको चर्को आलोचना गरे।ओलीले निरङ्कुश प्रवृतिको बाटोमा लागेको भन्दै ओलीले बैशाखसम्ममा उनको समाप्त हुने बताए । यता माधव कुमार नेपाललले पनि आफूलाई पार्टी भित्रैबाट अपमान भएको अपमान भएपछि आफूहरु बाध्य भएर पार्टी फूटाउन परेको भन्दै ओलीले गणतन्त्र ल्याउन पनि बयल गाढामा अमेरिका पुगिदैन भन्ने अभिव्यक्ति दिएको भन्दै ओलीलाई गणतन्त्र अपाच्य भएको आरोप नेपालले उक्त सभामा लगाउन भ्याए ।
त्यसको जवाफी भने ओलीले बालुटारबाट दिन चाहेनन् किनपनि भने ओलीले एक कार्यकर्तालाई भनेका थिए , ‘जहाँबाट जवाफ आएको त्यहीबाट आरोपको रिप्लाई दिनपर्छ त्यसपछि प्रदेशस्तरको परीक्षण छलफल ओली बबरमहलकै कार्की व्यांकेटमा गरेका हुन् । त्यसमा ओलीले माधव कुमार देखि प्रचण्ड झलनाथ खनाललाइ र अर्को माधव कुमार नेपाललाई भने उनले राम्रै जवाफ दिएका छन्।
ओलीले माधव कुमार नेपालको क्यारिकेचर गर्दै भने मलाइ अपमान गरे भन्दै उछितो काढेका थिए । यस्तै पार्टी एकताको लागि भएपनि ओलीले हरसम्मको प्रयास गरेको बताए । उनले भने ‘मैले पार्टी एकता बचाउनका लागि ट्यांकीका ट्यांकी पानी र डल्लाका डल्ला साबन सक्दा पनि प्रचण्डको मन पखाल्न नसकिएको बताए । चुनाब हुने संम्भावना कम रहको दाबी गरे पनि ओलीले सिर्जना गरेको राजनीतिको तरङ्को नयाँ मोड सर्वोच्च अदालतको फैसलालले निक्र्योल गर्ने छ ।
त्यसमा पनि नेपाली कांग्रेस भूमिकाले पनि महत्वपूणर््ा राख्छ । त्यसमा पनि ओलीले कस्तो रणनीति चाल्छन् भन्ने कुराले पनि निकै राख्ने छ ।