
अब नेकपालाई बिभाजनबाट जोगाउन सकिदैन : महासचिव पौडेल


काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव बिभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् ।
शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी बिभाजन गर्न लागि परेको भन्दै अव बिभाजनबाट जोगाउन सम्भव नभएको बताएका हुन् ।
उनले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने तर्क गरे । आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको दाबी छ ।सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताए।
संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने उनले बताए।नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेस गरेका आरोपपत्र नै पार्टी विभाजनको मुख्य कारण रहेको आरोप पनि लगाएे । प्रचण्डले आफु प्रधानमन्त्री बन्नकै लागि ओलीलाई हटाउन खोजेको उनको भनाई छ ।