शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति देउवालाई नयाँ नक्सा हस्तान्तरण

१०-जेठ-२०७७ | ०८:०४:४८ am

काठमाडौं । नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्नुभएको हो ।

गएको जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।

मन्त्रीपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: