शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

सजगता अपनाउँदा कचनाकबलमा संक्रमण फैलन पाएन

१०-जेठ-२०७७ | ०७:३५:५५ am

भद्रपुर-झापाको भारतीय सीमाबाट उद्धार गरी ल्याइएका नेपालीमा कोभिड-१९ को सङ्क्रमण देखिएपनि सरकारी निकायले होसियारीपूर्वक व्यवस्थापकीय कार्य गरेकाले उनीहरुबाट समुदायमा सङ्क्रमण फैलिन पाएको छैन ।

सात दिनयता झापाको काँकडभिट्टा, भद्रपुर, कचनकबल, टाघनडुब्बा र गौरीगञ्ज नाकाबाट एक हजार २०० जना नेपाल प्रवेश गरेकोमा झापाका २०० लाई आफ्नै पालिकाको क्वारेन्टिनमा लगिएको छ ।

एक हजार विभिन्न होल्डिङ सेन्टर र सीमा नजिकका क्वारेन्टिनमा बसेका छन् ।

भारतबाट आएका ६६ जनालाई विराटनगर र धरानमा पिसीआर परीक्षण गरिँदा ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भइसकेको छ। ती दक्षिणी गाउँपालिका कचनकबलका हुन्। झापाका कूल सङ्क्रमित ३५ जना हुन्। दुई निको भएर घर फर्किसकेका छन् ।

सङ्क्रमित सङ्ख्या प्रदेश नं १ कै धेरै हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले सीमाबाट उद्धार गरिएका ३३ जनामा कोरोना सङ्क्रमण भएको पाइए पनि उनीहरुलाई उद्धार गर्दा र क्वारेन्टिनमा पुर्‍याउँदा अत्यन्त सजगता अपनाइएको बताए ।

‘सीमामा आइपुगेकालाई तत्काल उद्धार गर्‍यौँ’, प्रहरी उपरीक्षक कोइराला भन्छन्‌, ‘व्यवस्थित क्वारेन्टिनमा राख्यौँ, त्यहीकारण उहाँहरुको सम्पर्कबाट समुदाय जोगियो ।’

झापामा भारतबाट आएका सङ्क्रमितबाट समुदायको एक जनामा पनि कोरोना नफैलिएको उनले बताए ।

रेल यातायात सञ्चालन भएपछि भारतको विभिन्न शहरका नेपाली स्वदेश फर्कने क्रम तीव्र छ ।

झापाको सीमा क्षेत्रसम्म आएपछि नेपाली पक्षबाट सुरक्षित किसिमले उद्धार हुँदै आएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउँछिन् ।

काँकडभिट्टा नाकाबाट मात्र एक हजार नेपाली भित्रिइसकेका छन्। मध्यरातमा सीमाबाट भित्रिएका नेपालीलाई समुदायमा मिसिन नदिइ उद्धार गर्दै होल्डिङ सेन्टर र क्वारेन्टिनमा जनप्रतिनिधि र प्रहरीले पुर्‍याउने गरेको मेचीनगर-६ काँकडभिट्टाका वडाध्यक्ष ललित तामाङले बताए ।

सीमाबाट भित्रिरहेका नेपालीलाई समुदायमा मिसिन नदिन सीमाको पहिलो पङ्क्तिेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र रेडक्रसकर्मीले सघाउने गरेका छन् ।

बिहीबार मध्यरातमा काँकडभिट्टा नाकाबाट ३०० नेपाली भित्रिएका थिए । उनीहरुलाई मध्यरातमै सीमा क्षेत्रबाट उद्धार गरी यातायातको साधन प्रयोग गरी काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर, धाइजनस्थित स्वास्थ्य चौकी र इँटाभट्टास्थित आदर्श माविमा रहेको क्वारेन्टिनमा पुर्‍याइएको मेचीनगरकी उपप्रमुख उप्रेतीले जानकारी दिइन् ‌।

उनीहरुमध्ये १४५ जनाको शुक्रबार आरडिटी गर्दा १५ मा एन्टीबडी पोजेटिभ भेटिएको छ । आफूखुशी घर नपुगुन् भनेर मध्यरातमै बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल आफ्नो पालिकाका बासिन्दालाई उद्धार गरी लैजान मेची पुलसम्म पुगेका थिए ।

पालिकाका बासिन्दालाई सुरक्षितरूपमा क्वारेन्टिनमा राखिएको छ । यसकारण पनि समुदायमा भारतबाट आएकाहरुले घुलमिल हुन पाएका छैनन्। भारतबाट आएर झापाको होल्डिङ सेन्टर र क्वारेन्टिनमा बसिरहेका ६६ जिल्लाका बासिन्दा छन् ।

उनीहरु अधिकांश भारतको कोभिड-१९ को सङ्क्रमण फैलिएको दिल्ली र मुम्बइबाट आएका हुन् । कोभिड-१९ को जाँच नगरी उनीहरुलाई आफ्नो जिल्लामा नपुर्‍याइने जिल्लास्थित कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले बताए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: